२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण भारतीय फिल्म ‘कान्तारा’को प्रिक्वेल बन्ने



अ+ अ-

एजेन्सी । फिल्म ‘कान्तारा’को सफलतापछि अब ऋषभ शेट्टीले यसको प्रिक्वेल घोषणा गरेका छन् । हालै फिल्मले रिलिजको सय दिन पूरा गरेको छ ।

यस विशेष अवसरमा फ्यानहरूसँग यो खुसीको खबर साझा गर्दै शेट्टीले फिल्मको स्क्रिप्टमा काम भइरहेको बताए । यसै क्रममा ट्रेड एनालिस्ट तरण आदर्शले पनि सोसल मिडियामा पोस्ट सेयर गरेर फ्यानलाई यो जानकारी दिएका छन् ।

तरण आदर्शले आफ्नो पोस्टमा लेखेका छन्, ‘कान्ताराको प्रिक्वेल घोषणा भएको छ । यो अहिलेसम्मकै सबैभन्दा सफल चलचित्र हो । अब यसको प्रिक्वेल आउन लागेको छ । फिल्मको १०० दिनको उत्सवको अवसरमा निर्माण पक्षले प्रिक्वेल घोषणा गरेको हो । यस फिल्मको बारेमा थप जानकारी केही दिनमा दिइनेछ ।’

प्रिक्वेल घोषणा गर्दै, ऋषभ शेट्टीले भने, ‘हामी धेरै खुसी छौं र कान्तारालाई अपार माया र समर्थन देखाउने दर्शकहरूप्रति आभारी छौं । यो यात्रालाई अगाडि बढाउँदै परमात्माको आशीर्वादले फिल्मले सफलतापूर्वक १०० दिन पूरा गरेको छ र यो विशेष अवसरमा म ‘कान्तारा’ को प्रिक्वेल घोषणा गर्दैछु ।’

ऋषभ शेट्टी स्टारर फिल्म ३० सेप्टेम्बरमा हलमा रिलिज भएको थियो । रिलिजको सुरुका दिनमा फिल्मको कमाई निकै सुस्त थियो तर बिस्तारै फिल्मले गति लिन थाल्यो । मूलतः कन्नड भाषामा बनेको, फिल्मको उत्कृष्ट संग्रहलाई ध्यानमा राख्दै निर्माताहरूले यसलाई अक्टोबर १४ मा हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज गरेका थिए ।