२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एरोन फिन्चले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास



अ+ अ-

काठमाडौँ । अष्ट्रेलियाका ओपनर ब्याटर एरोन फिन्चले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

अष्ट्रेलियन टी–२० क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका फिन्चले ३६ वर्षको उमेरमा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्।

फिन्चले गत सेप्टेम्बरमा एकदिवसीय अन्तराष्ट्रियबाट सन्यास लिएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि उनले घरेलु टी–२० प्रतियोगिताहरू भने खेल्नेछन् ।

सन् २०२१ मा अष्ट्रेलियाले पहिलो पटक टी–२० विश्वकप उपाधि जित्दा फिन्चले टिमको नेतृत्व गरेका थिए । उनले अष्ट्रेलियाका लागि पाँच टेस्ट, १ सय ४६ एक दिवसीय अन्तर्राष्ट्रिय र १ सय ३ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

सन्यास घोषणा गर्दै फिन्चले अष्ट्रेलियाका लागि खेल्न पाउनु अविश्वसनीय सम्मान भएको बताएका छन् । ‘मैले २०२४ को विश्वकपसम्म खेल्न सक्दिन भन्ने महसुस गर्दै मैले यो समयलाई संन्यास लिने उपयुक्त समय ठाने । अनि, टिमलाई आगामी यात्राका लागि योजनाका योजना बनाउन मद्दत गरे,’ उनले भने, ‘१२ वर्ष अष्ट्रेलियाको प्रतिनिधित्व गर्न पाउनु र सर्वकालीन महान् खेलाडीहरूसँग र उनीहरुविरुद्ध खेल्न पाउनु मेरालागि सौभाग्यपूर्ण कुरा हो,’ ।

फिन्चले सन् २०११ मा इङल्यान्डविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।