२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोर्डमा बसेर वित्तीय रुपमा कुनै गल्ती गरेको छैनः अध्यक्ष हमाल



अ+ अ-

काठमाडौँ । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोर्डमा बसेर आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गर्नुभएको छ ।

सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष हमालले बोर्डको अध्यक्ष भएर आएको ११ महिनामा बाहिर बजारमा हल्ला आएजस्तो आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गर्नुभएको हो । उहाँले आफूले धितोपत्र बोर्डमा सुधारका तत्काल धेरै काम शुरु गरेपछि चौतर्फी आक्रमण गरी चरित्र हत्या गर्न खोजिएको आरोप लगाउनु भयो । उहाँले आफूले कुनै पनि वित्तीय रुपमा गल्ती गरेको प्रमाण भए कानून अनुसार कारबाही हुने बताउनु भयो ।

उहाँले कानून विपरित काम गर्नेलाई कारबाही गरेपछि आफूलाई घेराबन्दीमा पारिएको बताउनु भयो । उहाँले आफूले कुनै वित्तीय गल्ती गरेको प्रमाण ल्याएमा टुँडिखेलमा गएर झुन्डिन तयार रहेको बताउनु भयो । उहाँले बोर्डले धितोपत्र बजारमा सुधारका धेरै कामहरुको थालनी गरेको दाबी गर्नुभयो । उहाँले नागरिकताको सवालमा आफूसँग नेपाल बाहेक अन्य कुनै पनि देशको नागरिकता, स्थायी बसोबास अनुमति जस्ता कागजात नभएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘मलाई धेराबन्दी गर्न खोजिएको छ । बोर्डको अध्यक्ष भएर आएसँगै बोर्डले गरेका कामको तिब्रतालाई देखेर मेरो चरित्र हत्या गर्न खोजिएको हो । कानूनी राज्य छ मेरो मान्यता के हो भने नागरिकताको सवालमा वा कुनै अनियमिताको कुरामा कानूनी राज्यमा प्रमाण लेगेर कानूनमा गएपछि कानूनले हेर्छ । मैले नेपाली नागरिकता बाहेक कुनैपनि देशको कुनैपनि काल खण्डमा नागरिकता होइन पर्मानेन्ट एडेस समेत लिएको छैन ।

समाचारमा कुन देशको नागरिकता लिएको हो समेत लेखिएको छैन । कुनै बेस समेत नभएको मान्छेको चरित्रमा हत्या गर्न खोजियो । म चुनौति गर्छु । मैले ५६ वर्षमा जुनसुकै स्थानमा बसेर काम गर्दा गरेको कमजोरी देखियो भने टुँडिखेलमा लगेर झुन्ड्याउँदा हुन्छ । केहीले मसँग विदेशको नागरिकता भएको बताएका छन् । तर उनीहरुले मसँग कुन देशको नागरिकता छ समेत भन्नसकेका छैनन् । मेरोमात्र होइन परिवारका कसैको पनि विदेशी नागरिकता छैन । छोरी बिहे भएर अमेरिकामा छ, उ अमेरिकी नागरिक हो ।’

उहाँले समयमा नै विवरण नबुझाउने संस्थाहरुलाई तत्काल कारबाही गर्ने बताउनु भयो । उहाँले बार्डले जे गरी पनि कुनै कारबाही गर्दैन भने परम्परालाई तोड्दै कारबाही गर्ने थिती अपनाएको बताउनु भयो । उहाँले हरेक नीतिहरु आउँदा कोही खुशी त कोही दुखी हुने भन्दै राम्रो काम गर्न नडराउने बताउनु भयो । उहाँले लगानी कर्ताको हीतको लागि बोर्डले जस्तोसुकै शाहसिक निर्णय लिन तयार रहेको बताउनु भयो ।

बोर्डका कार्यकारी निर्देशक नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठले नयाँ अध्यक्ष आएको १० महिनामा ३८ वटा संस्थाहरुलाई साधरण शेयर आइपीओ निस्काशन अनुमति पाएको बताउनु भयो । उहाँले बोर्डले प्रत्येक महिनाको ४ वटा कम्पनीको दरले आइपीओ निस्कासन अनुमति पाइरहेको बताउनु भयो ।

उहाँले १० महिनामा यति धेरै काम गर्दा पनि बोर्डले केही काम नगरेको भन्ने गुनासो आइरहेको बताउनु भयो ।