२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरहवामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते



symbolic picture
अ+ अ-

भैरहवा । यहाँ ट्रक, बस र कार एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

सडकमा बिग्रेर रोकिराखेको लु २ ख ६०६ नं को ट्रकमा ३ लु २ ख ६०३८ नं को बस र ग १ च ३७१३ नं को निजी कार ठोक्किँदा बसका चालक तनहुँ भीमाद नगरपालिका–५ का २१ वर्षीय हरिश तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

आज बिहान भएको दुर्घटनामा बसका कर्मचारी पश्चिम नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ का ३९ वर्षीय वासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दीपेश घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।

घाइतेको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । भैरहवामा लागेको बाक्लो हुस्सु र तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

भैरहवा तथा आसपासमा हुस्सुका कारण हुने दुर्घटनालाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले संयुक्त रुपमा विभिन्न जनचेतनामूलक कार्यक्रम चलाएका छन् ।

जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रमुख साकारराज पन्तका अनुसार अभियान अनुसार ‘रिफ्लेक्टिङ स्टिकर’ टाँस गरिएको छ ।