एजेन्सी । बलिउडका चर्चित जोडीहरूमध्ये एक सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी विवाह बन्धनमा बाँधिदैछन् ।
उनीहरु फेब्रुअरी ७ अर्थात् भोलि मंगलबार जैसलमेर (राजस्थान)मा विवाह हुँदैछ । दुवैले पछिल्लो ३ वर्षदेखि आफ्नो सम्बन्धलाई गोप्य राख्न हरसम्भव प्रयास गरे तर पापाराजी र सह–कलाकारहरूले उनीहरूको सम्बन्धलाई खुलासा गरे ।
नयाँ वर्षको छुट्टीसँगै मनाउनेदेखि लिएर एकअर्काका आमाबुवालाई भेट्नेसम्म उनीहरुको सम्बन्ध निकै रोमान्टिक रह्यो ।
चलचित्र ‘शेरशाह’को सुटिङका क्रममा यो जोडी पहिलो पटक भेटिएको धेरैले विश्वास गरेपनि त्यस्तो होइन । यी दुईको पहिलो भेट सन् २०१८ मा लस्ट स्टोरीको र्याप–अप पार्टीमा भएको थियो । पहिलो भेटपछि मात्रै दुवैले आफ्नो सम्बन्ध मित्रतामा मात्र सीमित नहुने बुझेका थिए । दुबै महिनौंसम्म गोप्य सम्बन्धमा रहे, तर अक्षय कुमारले राष्ट्रिय टेलिभिजनमा उनीहरूको सम्बन्धको पुष्टि गरे ।
कियारा आडवाणी २०२२ मा कबिर सिंह सह–कलाकार शाहिद कपूरसँग कफी विथ करण ७ मा पुगिन् । यस क्रममा करणले उनलाई सिद्धार्थको नाममा धेरै जिस्काए । र्यापिड फायर राउण्डमा, करणले कियारालाई उनको विवाहको लागि आफ्नो दुलही टोलीमा कुन अभिनेत्री राख्ने भनेर सोधे । यसको जवाफमा कियाराले आलिया भट्टको नाम लिइन् । कियाराको जवाफ सुनेर करणले खिल्ली उडाउँदै भने– सिद्धार्थ मल्होत्रासँग विवाह गर्दा आलिया भट्टलाई दुलहीमा राख्ने हो ?
कफी विथ करणमा सिद्धार्थले आफ्नी प्रेमिका कियारा आडवाणीको मोबाइल नम्बर ‘की’ भनेर सेभ गरेको खुलासा गरेका छन् । साथै, मिशन मजनुको प्रमोशनको क्रममा, सिद्धार्थले पनि स्पीड डायलमा कियाराको नम्बर राखेको खुलासा गरे ।
सिद्धार्थ र कियाराको विवाह जैसलमेर प्यालेस होटलमा हुनेछ । विवाहमा सुरक्षाको कडा व्यवस्था गरिएको छ । विवाहपूर्व सबै समारोहहरू पनि दरबारभित्रै भएको छ । सुरक्षाका लागि मुम्बईबाट गार्ड पठाइएको छ ।
शेरशाहपछि सिद्धार्थ–कियारा फेरि एकपटक सँगै देखिने भएका छन् । दुबैले भर्खरै रोमान्टिक कमेडी फिल्म ‘अदल बदल’ साइन गरेका छन् ।