१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोन्टी देसाई राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा नियुक्त



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाईलाई नियुक्त गरिएको छ ।

देसाईले प्रमुख प्रशिक्षकको नियक्ति पाउनुअघि नै केही दिनदेखि नेपाली क्रिकेट टिमलाई प्रशिक्षण दिँदै आएका थिए । नेपाल क्रिकेट संघले उनलाई औपचारिकरुपमा प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।

देसाईले आगामी महिना नेपालले खेल्ने त्रिकोणात्मक शृंखलाबाट जिम्मेबारी सुरु गर्नेछन् । यसअघि वेस्ट इन्डिजको राष्ट्रिय टिमलाई प्रशिक्षण गरेका देसाइसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ ।

उनी यसअघि नेपालको ब्याटिङ प्रशिक्षक थिए । सन् २०१७ को एसीसी यु–१९ एसिया कपमा नेपालल भारतलाई हराएर ऐतिहासिक जित निकाल्दा नेपालका ब्याटिङ प्रशिक्षकका रुपमा देसाई रहेका थिए ।

क्यानसँग देसाईले दुई वर्षको सम्झौता गरेको बताइएको छ । राष्ट्रिय खेलकुद परिषद्मा धेरै दिनदेखि नियुक्ति प्रक्रिया अड्किएपछि सोमबार परिषद्बाट सहमति आएको हो ।

नेपालले स्कटल्यान्ड र नामिबियासँग हुने त्रिकोणात्मक शृंखलाका लागि २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । अन्तिम टोली प्रशिक्षण सकिएपछि चयन हुनेछ ।