• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर

निर्मायाको प्रिमियर शोपछि दर्शकको प्रतिक्रिया– मनोविज्ञानमा कमि तर घटनालाई प्राथमिकता



काठमाडौँ । नेपाली चलचित्र निर्मायाको प्रिमियर शो भएको छ ।

आईतवार चलचित्र विकास बोर्डमा फिल्मको प्रिमियर शो गरिएको हो । प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दर्शकहरुले चलचित्रले सामाजिक विषयवस्तुलाई राम्रोसँग उठाएको बताए । उनीहरुले समाजमा जातजातिबीभ हुने विभेदलाई चलचित्रमा उठाइएको बताए । उनीहरुले चलचित्रले दिन खोजेको सन्देश अहिलेको परिवेशमा र समाजा चित्रित रहेकाले हरेक समाजलाई यो फिल्म देखाउन आवश्यक रहेको बताए ।

उनीहरुले दलीत, उत्पीडितहरुको आवाज उठाएर समाजलाई सकारात्मक सन्देश फिल्मले दिएको बताए । उनीहरुले चलचित्र समाजको दर्पण भएकाले समाजको बोध गराउने भन्दै निर्मायाले समाजमा दबिएर बसेका आवाजहरु बोलेको बताए ।

उनीहरुले सामाजिक मुद्दालाई फिल्मले उठाएको र यसले नयाँ जनमत बनाउनका लागि काम गरेको बताए । उनीहरुले चलचित्रमा मनोविज्ञानको पक्ष कमजोर तर घटनालाई प्राथमिकता दिएको बताए । उनीहरुले यो चलचित्र समाज परिवर्तनको लागि वाहक बन्ने किसिमको रहेको बताए ।

उनीहरुले समाजमा अहिले पनि जातिय विभेदहरु रहेको र बोली र व्यवहारमा फरक भइरहेको समाजलाई परिवर्तन गर्न सक्षम चलचित्र रहेकाले फिल्म शहरमामात्रै सिमित नगरी देशका कुनाकुनामा प्रदर्शन गर्नसके समाज परिवर्तनमा सहयोग पुग्ने बताए ।

दर्शकहरुले चलचित्रले समाजमा विद्यमान जातिय छुवाछुत र समाजका विकृतिहरुलाई कलात्मक रुपले प्रश्तुत गरेको बताए ।