१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

निर्मायाको प्रिमियर शोपछि दर्शकको प्रतिक्रिया– मनोविज्ञानमा कमि तर घटनालाई प्राथमिकता

निर्मायाको प्रिमियर शोपछि दर्शकको प्रतिक्रिया– मनोविज्ञानमा कमि तर घटनालाई प्राथमिकता
अ अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र निर्मायाको प्रिमियर शो भएको छ ।

आईतवार चलचित्र विकास बोर्डमा फिल्मको प्रिमियर शो गरिएको हो । प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दर्शकहरुले चलचित्रले सामाजिक विषयवस्तुलाई राम्रोसँग उठाएको बताए । उनीहरुले समाजमा जातजातिबीभ हुने विभेदलाई चलचित्रमा उठाइएको बताए । उनीहरुले चलचित्रले दिन खोजेको सन्देश अहिलेको परिवेशमा र समाजा चित्रित रहेकाले हरेक समाजलाई यो फिल्म देखाउन आवश्यक रहेको बताए ।

उनीहरुले दलीत, उत्पीडितहरुको आवाज उठाएर समाजलाई सकारात्मक सन्देश फिल्मले दिएको बताए । उनीहरुले चलचित्र समाजको दर्पण भएकाले समाजको बोध गराउने भन्दै निर्मायाले समाजमा दबिएर बसेका आवाजहरु बोलेको बताए ।

उनीहरुले सामाजिक मुद्दालाई फिल्मले उठाएको र यसले नयाँ जनमत बनाउनका लागि काम गरेको बताए । उनीहरुले चलचित्रमा मनोविज्ञानको पक्ष कमजोर तर घटनालाई प्राथमिकता दिएको बताए । उनीहरुले यो चलचित्र समाज परिवर्तनको लागि वाहक बन्ने किसिमको रहेको बताए ।

उनीहरुले समाजमा अहिले पनि जातिय विभेदहरु रहेको र बोली र व्यवहारमा फरक भइरहेको समाजलाई परिवर्तन गर्न सक्षम चलचित्र रहेकाले फिल्म शहरमामात्रै सिमित नगरी देशका कुनाकुनामा प्रदर्शन गर्नसके समाज परिवर्तनमा सहयोग पुग्ने बताए ।

दर्शकहरुले चलचित्रले समाजमा विद्यमान जातिय छुवाछुत र समाजका विकृतिहरुलाई कलात्मक रुपले प्रश्तुत गरेको बताए ।