१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधन
अ अ+ अ-

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । पाकिस्तानी मिडियाका अनुसार उनी एमाइलोइडोसिस रोगबाट पीडित थिए । उनले आइतबार दुबईको एक अस्पतालमा अन्तिम सास लिए। उनी सन् २०१६ देखि दुबईमा बस्दै आएका थिए ।

परवेज मुशर्रफको पछिल्लो भिडियोले उनी हिँड्न नसक्ने देखाएको छ । उनी पूर्णरूपमा ह्वीलचेयरमा निर्भर थिए र खाना पनि सक्ने अवस्थामा थिएनन् ।

एमाइलोइडोसिसको समस्यापछि मुसर्रफलाई गत वर्ष जुन १० मा युएईको अस्पतालमा भर्ना गरिएको थियो । विस्तारै विस्तारै बहु–अङ्ग विफलतामा परिणत भएको थियो। उनलाई गत वर्षको जुनमा भेन्टिलेटरमा राखिएको थियो । लामो समयदेखि बिरामी रहेपछि उनको आज निधन भएको हो ।

परवेज मुशर्रफको जन्म ११ अगस्ट १९४३ मा नयाँ दिल्लीको दर्यागञ्जमा भएको थियो । सन् १९४७ मा उनको परिवारले पाकिस्तान जाने निर्णय गरेको थियो । उनको सम्पूर्ण परिवार विभाजनको केही दिनअघि पाकिस्तान पुगेका थियो। उनका बुबा सईदले नयाँ पाकिस्तान सरकारका लागि काम गर्न थाले र विदेश मन्त्रालयसँग सम्बद्ध थिए।

यसपछि उनका पिता पाकिस्तानबाट टर्कीमा सरुवा भए र १९४९ मा उनी टर्की गए । केही समय उनी आफ्नो परिवारसँग टर्कीमा बसे । टर्कीमा रहँदा उनले टर्की भाषा पनि बोल्न सिके। मुसर्रफ पनि युवावस्थामा खेलाडी थिए । सन् १९५७ मा उनको सम्पूर्ण परिवार फेरि पाकिस्तान फर्कियो। उनले कराँचीको सेन्ट प्याट्रिक स्कूल र लाहोरको फोरम्यान क्रिस्चियन कलेजमा आफ्नो स्कुलिङ गरेका थिए।

मुसर्रफलाई मृत्युदण्ड दिइएको थियो

पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएका व्यक्ति परवेज मुशर्रफ हुन् । पाकिस्तानको इतिहासमा पहिलो पटक पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठको अध्यक्षतामा रहेको विशेष अदालतको तीन सदस्यीय इजलासले यस्तो सजाय सुनाएको हो ।

सन् २००७ नोभेम्बर ३ मा पाकिस्तानमा आपतकाल लगाएको र सन् २००७ डिसेम्बरको मध्यसम्म संविधान निलम्बन गरेको आरोपमा परवेज मुशर्रफमाथि सन् २०१३ को डिसेम्बरमा देशद्रोहको मुद्दा दायर गरिएको थियो ।

मुशर्रफलाई मार्च ३१, २०१४ मा दोषी ठहर गरिएको थियो। ७९ वर्षीय मुशर्रफले सन् १९९९ देखि २००८ सम्म पाकिस्तानमा शासन गरेका थिए । मुसर्रफ सन् २०१६ को मार्चदेखि दुबईमा बस्दै आएका थिए ।