५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा याममा यसरी गर्नुहोस् कपालको स्याहार, अपनाउनुहोस् यी उपाय



अ+ अ-

काठमाडौं । वर्षाको पानी प्रदूषणयुक्त हुने भएकोले केश भिजे तुरुन्तै माइल्ड खालको स्याम्पुले ह्यान्डवास गर्नुपर्छ । हेयर कलर प्रयोग गर्नुहुन्छ भने त्यसबाट केशको रंग र टेक्सचर दुवै प्रभावित हुन्छ।

यो मौसममा प्रदूषणका कारण केशमा मिनरल्स जम्मा हुन्छ र केश कमजोर हुन्छ । पसिनाका कारण कतिपय मानिसको शिरमा फंगल इन्फेक्सन हुन्छ । जुन डेन्ड्रफको सबैभन्दा ठूलो कारण बन्छ । त्यसैले यो मौसममा हरेक दोस्रो दिन कुनै राम्रो गुणस्तरको एन्टी डेन्ड्रफ स्याम्पुले केश धुनुपर्छ ।

मेथीको दाना तथा निमको पात पिसेर त्यसमा प्याजको रस मिसाई केशमा प्रयोग गरेर स्याम्पु गर्दा डेन्ड्रफबाट राहत प्राप्त हुन्छ । शिरको छालाको इन्फेक्सन र डेन्ड्रफबाट जोगिन आफ्नो काइँयो, रुमाल र तकिया अलग राख्नुपर्छ र ती कुराको सफाइमा समेत विशेष ध्यान पुर्याउनुपर्छ ।

केश धुँदा यी तीन कुरा पनि राम्रो एन्टिसेप्टिक घोलमा आधा घन्टा डुबाएर राखेपछि घाममा सुकाएर प्रयोग गर्नुपर्छ । केशलाई घाम एवं प्रदूषणबाट जोगाउन घरबाहिर घाम–पानीमा निस्कदा छाता ओढ्नुपर्छ । (एजेन्सीको सहयोगमा)