११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउनुपर्छ: वामदेव गौतम (भिडियो सहित)

संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउनुपर्छ: वामदेव गौतम (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेकपा(एमाले)का नेता तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने बताउनुभएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभा विचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भएपनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने बताउनुभएको हो । 

उहाँले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷८९ को बजेट राष्ट्रिय सभामा पेश गर्नुपर्ने पनि बताउनुभयो । नियमावली परिवर्तन गरेर भएपनि बजेट राष्ट्रिय सभाबाट पारित गर्नुपर्ने व्यवस्था राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्रिय सभालाई बजेट बारे छलफल तथा विचार, विमर्श गर्ने अधिकार भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘पोहोर साल मैले एउटा विषय उठाएको थिएँ । मलाई प्रधानमन्त्री हाम्रो अध्यक्ष कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नु भो । म मानिनँ । त्यसोभए राष्ट्रिय सभामा उठ्नुस् भन्नुभयो म उठ्दिन भने । तपाई किन उठ्नुहुन्न भन्नभयो ?, मैले भने राष्ट्रिय सभा र प्रतिनिधि सभाको विचमा विभेद अन्त्य गर्दिनुुस् । कसरी हुन्छ विभेद अन्त्य भन्दा राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था राख्नुस् । संसारमा हाम्रो देशमा मात्रै त्यो बेलायतको नक्कल गरेको हुनाले राष्ट्रिय सभाकाहरुले शासन गर्नु पर्दैन भन्ने त्यसको ठाडो नक्कल भयो । त्यो हटाइदिनुस्, संविधान संशोधन गर्नुस् भन्दा मेरो यति धेरै चरित्र हत्या भयो । म आज फेरी पनि उठाउन चाहान्छु । यो राष्ट्रिय सभामा यदी यो हललाई आवश्यक पर्छ र यो हलले मैले भनेको प्रस्ताव मञ्जुर गर्छ भने हामीले आज पास गरौँ । र त्यो बाहिर कोठाभित्र प्रस्तुत गरेको ७८÷७९ को बजेट वक्तव्य फेरी आएर अर्थमन्त्रीले यहाँ प्रस्तुत गर्नुस् । हामीले छलफल गर्न पाऊँ । र यहाँबाट पारित हुने व्यवस्था गरौँ । नियमावालीमा परिवर्तन गर्नुपर्छ भने गरौँ । यदी त्यसो हुँदैन भने माग गरौँ । संविधानमा त्यो छैन भने यो आवश्यकता छ । बाहिर सडकमा चाहीँ प्रस्तुत हुन सक्ने, त्यसलाई यो राष्ट्रिय सभाले पनि मान्नुपर्ने । राष्ट्रिय सभा संघीय संसदको एउटा अभिन्न अंग हो यसमा त्यो अधिकार छ । छलफल गर्न सक्ने क्षमता यहाँ छ । त्यस विषयमा विचार विमर्श गर्न सकिन्छ । त्यसकारण त्यो आउनुपर्दछ । यो मेरो माग हो ।’  

राष्ट्रिय सभा सदस्य गौतमले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन गराएर नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले) व्युतिएको अवस्थामा आफुले नेकपा(एमाले) रोजेर बैठकमा समेत उपस्थिति भएको पनि बताउनुभयो । पार्टी अध्यक्ष ओलीले ०७५ साल जेठ २ गतेको अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाएपछि आफु बैठकमा सहभागी भएको स्पष्ट पार्नुभयो । वामदेव केपी ओली तर्फ गएको भन्ने हल्ला भएको भन्दै उहाँले आफु केपी ओलीतिर नभई आफु एमाले भएको प्रमाण पेश गर्न बैठकमा गएको बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘मैले केही समय पहिले नेकपा हुँदाखेरी भएको पार्टी विभाजनमा म कतैपनि सामेल हुन पाइनँ । सकिनँ । र मलाई मन लागेन । अहिले म नेकपा एमाले पुर्नस्थापित भएपछि मैले एमाले रोज्नैप¥यो । म एमालेको एउटा सदस्य हुँ । जिम्मेवार व्यक्तिपनि हुँ । जिम्मा पाएँ त्यो निर्वाह गर्ने व्यक्ति पनि हुँ । त्यसो भएर म केही समय पहिले पार्टी अध्यक्ष कमरेड केपीले ०७५ साल जेठ २ को अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाउनुभयो । र म त्यो बैठकमा भाग लिन गएँ । धेरै मानिसहरुले  के भने भने वामदेव केपी तिर गयो भनेर भने । मैले यो सभा मार्फत् हाम्रो देशका सबै जिम्मेवार राजनीतिज्ञहरुलाई, जनतालाई, नागरिकलाई जानकारी गराउन चाहान्छु, म कुनै तर्फ गएको होईन । म नेकपा(एमाले) भएको हुनाले एमाले भएको प्रमाण पेश गर्न म गएको हो । तर मैले पार्टीमा गइसकेपछि जे भुमिका निर्वाह गर्छु भनेको थिएँ त्यो भुमिका यद्यपी मैले प्राप्त गर्न सकिनँ ।’

राष्ट्रिय सभा सदस्य गौतमले सत्तारुढ नेकपा(एमाले)ले गरेको अराजनीतिक क्रियाकलाप, संविधान र ऐन, नियमहरु कुल्चने क्रियाकलापले नेपाली जनताको शिर निहुँराउने अवस्था सिर्जना गरेको टिप्पणी पनि गर्नुभयो ।