२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्काका प्रधानमन्त्रीसँग भेट गर्नुहुँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । श्रीलङ्का भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै हुनुहुन्छ ।

श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएका उहाँले आज साँझ श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्नुहुने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलङ्काका विदेशमन्त्री अली सब्रिसँग भेट गर्र्नुहुनेछ ।

भेटवार्तापछि उहाँ श्रीलङ्काको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुनुहुनेछ । भोलि बिहान श्रीलङ्काको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा परराष्ट्रमन्त्री डा पौड्याल सहभागी हुने कार्यक्रम छ ।

कार्यक्रम सकिएपछि दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट गर्नुहुनेछ ।