११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

प्रतिनिधिसभा पुर्नस्थापना हुनु जनताको जितः सभामुख सापकोटा

प्रतिनिधिसभा पुर्नस्थापना हुनु जनताको जितः सभामुख सापकोटा
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा पुर्नस्थापना हुनुले जनताको जित भएको प्रतिक्रिया दिनुभएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद पुनस्र्थापना गर्ने फैसलाले जनताको जित भएको प्रतिक्रिया दिनुभएको हो । उहाँले नेपालको संविधान प्रष्ट रहेको भन्दै त्यही प्रष्टताका साथमा सर्वोच्च अदालतले फैसला गरेको बताउनुभयो । सर्वोच्च अदालतले राजनीतिक निकास दिएको र राज्यका अंगहरुलाई पनि दिशानिर्देश गरेको उहाँले उल्लेख गर्नुभयो । 

सर्वोच्च अदालतले फैसलामा उच्चस्तरीय व्याख्या गरेको र सिद्धान्त प्रतिपादन गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘आज जुन फैसला भएको छ यो फैसलाले समग्रमा भन्नुपर्दा नेपाली जनताको जित भएको छ । लोकतन्त्रको जित भएको छ । संविधानलाई रक्षा भएको छ । र यस अर्थमा यो ऐतिहासिक फैसला भएको छ भन्ने मलाई लागेको छ । यो ऐतिहासिक अबसरमा सबभन्दा पहिला म यो ऐतिहासिक फैसला गर्ने सर्वोच्च अदालतका सम्माननिय प्रधानन्यायाधिश लगायत सम्पूर्ण सम्वैधानिक इजलाशका न्यायाधिशज्यूहरुलाई म हार्दिक धन्यवाद दिन चाहान्छु । यसका साथसाथै यो संसद पुर्नस्थापनाका लागि र यो फैसला गराउनका लागि भुमिका खेल्ने सबैलाई म धन्यवाद दिन चाहान्छु । यो बहुआयामिक महत्वको छ । हाम्रो संविधान लोकतान्त्रिक मूल्य, मान्यताका सबै आयामहरुलाई हामीले समेटेका छौँ ।

यसका साथसाथै नयाँ केही मौलिक प्रावधानहरु पनि हामीले राखेका छौँ । त्यस अर्थमा हाम्रो संविधान जति प्रष्ट छ त्यही प्रष्टताका साथ आज सम्मानित सर्वोच्च अदालतले फैसला गरेको छ । यो फैसलाले अहिलेको गाँठो त फुकाएको छ छ, अहिलेको राजनीतिक निकास पनि दिएको छ । र यसले बहुआयामिक हिसाबले संसद विघटनकै सन्दर्भमा सबै हामी संवैधानिक निकायको अथवा राज्यका अंगहरुलाई पनि धेरै राम्रोसित दिशानिर्देश गरेको छ । धेरै राम्रो व्याख्या छ । उच्चस्तरीय व्याख्या छ । यो बौद्धिक, कानुनी हिसाबले पनि, दार्शनिक हिसाबले, सैद्धान्तिक हिसाबले, वैचारिक हिसाबले, हरेक हिसाबले यो स्तरिय छ । मलाई प्रथम दृष्टिमै जो सुने । यो अलि लामोजस्तो लाग्छ । तर यसले एउटा सिद्धान्त प्रतिपादन गरेको छ । त्यसकारण यो फैसला ऐतिहासिक छ ।’

सभामुख सापकोटाले नयाँ अध्यायको सुरुवात भएको भन्दै राजनीतिक दलहरुलाई विगतको समिक्षा गर्दै संसदलाई प्रभावकारी रुपले सञ्चालन गर्नका लागि व्यवस्थित र श्रृङ्खलावद्ध योजनाका साथमा अघि बढ्न पनि आग्रह गर्नुभएको छ । प्रतिनिधि सभा विघटन गरेर राजनीतिक व्यवस्था माथि नै धक्का दिन खोजिएको भन्दै उहाँले अब त्यस प्रकारको खतराको अन्त्य भएको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘हामि सबै बढि चिन्तित नै थियौँ । किनभनेदेखि प्रतिनिधि सभा विघटन मात्रै भएको होईन, यसको साथसाथै यसले व्यवस्था माथि नै अलिकति धक्का दिन लागिरहेको थियो । र राष्ट्रिय हितमा पनि धक्का लाग्ने खतरा पैदा भइरहेको थियो । यो फैसलाले यि सबै खतराहरुको अन्त्य गरेको छ र नयाँ अध्याय सुरुवात गरेको छ । यस अर्थमा म फेरिपनि समस्त नेपाली जनता र यो प्रक्रियामा लाग्ने सबैलाई हार्दिक बधाई दिन चाहान्छु । म राजनीतिक पार्टीहरुलाई पनि ऐतिहासिक अबसरमा के अपिल गर्न चाहान्छु भने हरेक हिसाबले नयाँ अध्यायको सुरुवात भएको छ । विगतको जस्तै होईन विगतमा राजनीतिक पार्टीहरुले नै विगतको गम्भिर समिक्षा गर्दै खासगरी पहिलोचोटी संसद पुर्नस्थापना हुँदाखेरी संसदलाई धेरै प्रभावकारी बनाउन सकिएन । विभिन्न कारणहरु छ । त्यसमा मेरो भुमिकापनि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसका साथै राजनीतिक पार्टीहरु भनेको त पावर हाउसपनि हुन् । यिनको भुमिका निर्णायक हुन्छ ।

त्यसकारण राजनीतिक पार्टीले व्यवस्थित र श्रृङ्खलावद्ध योजनाका साथ संसदमा बिजनेश दिने कुरादेखि लिएर जनताका आवाजहरुलाई चाहीँ राम्रोसित मुखरित गर्ने, खासगरी संघीय संसदलाई जिवन्त, जनमुखि, गतिशिल, चलायमान बनाउने जुन प्रण गरेका छौँ । त्यसलाई सफलिभुत बनाउनका लागि म प्रतिनिधि सभाको सभामुखको हैसियतले हाम्रो सचिवालय त त्यसमा लाग्ने नै छ । म के अपेक्षा गर्छु भने यो सर्वोच्च अदालतले जुन फैसला गरेको छ । त्यो फैसला जति प्रष्टताको साथ आएको छ, र त्यही स्पष्टताका साथ, त्यही जवाफदेहिताका साथ, त्यही पारदर्शी ढंगले पार्टीहरुले काम गर्नेछन् भन्ने मलाई लाग्दछ र मैले के ठानेको छु भने दोस्रो पटक प्रतिनिधि सभा पुर्नस्थापना, यसले गरेका ऐतिहासिक निर्णयका आधारमा मेरो पनि जिम्मेवारी थपिएको छ त्यही गम्भिरताका साथ त्यही जिम्मेवारीबोधका साथ मैले हिजोपनि भन्दै आएको जनताको सर्वोच्च जनप्रतिनिधि सभा, यसको ओझ, गरिमालाई उच्च पार्नका लागि , जनप्रतिनिधिको सर्वोच्च थलो, सार्वभौम अधिकारले सम्पन्न थलोलाई वास्तविक जीवनमै, व्यवहारिक रुपमै यसको सार्वभौम अधिकारलाई स्थापित गर्नका लागि जे सिद्धान्तमा व्याख्या भएको छ ।

यसको शक्ति सन्तुलन, शक्तिको पृथकिकरणको सिद्धान्तहरुलाई संविधानवाद यि सबैलाई स्थापित गर्नका लागि सबैको सहयोग मलाई प्राप्त हुनेछ । सबै सांसदहरुको, पार्टीहरुको, नागरिक समाजको, पत्रकार, वुद्धिजिवी, लगायत सबैको सहयोग प्राप्त हुनेछ र हामी नयाँ ढंगले अब पुर्नस्थापित संसदलाई चलाउनेछौँ । जनताले देख्नेगरी, बुझ्नेगरी, जनताले अनुभुत हुनेगरी यो नयाँ बन्दैछ भन्ने ढंगले सञ्चालन गर्नेछौँ ।’

सभामुख सापकोटाले अब आफ्नो भुमिका र दायित्व पनि बढेको बताउनुभयो । आफुले संसदको गरिमा र ओझलाई बढाउनका निम्ति जिम्मेवारीपूर्वक काम गर्ने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।