११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

शेरबहादुर देउवालाई आज प्रधानमन्त्रीमा सपथ ग्रहण गराइँदै

शेरबहादुर देउवालाई आज प्रधानमन्त्रीमा सपथ ग्रहण गराइँदै
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीमा सपथ ग्रहण गर्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज प्रधानमन्त्री नियुक्त गर्ने भएकी हुन् । यसका लागि देउवाका ज्योतिषीले अपरान्ह ४ बजेको समय निकालेका छन् । यता प्रधानमन्त्री ओलीले भने राजीनामा दिनु नपर्ने भएको छ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्नु भनेर समय नै किटान गरिसकेकोले वर्तमान प्रधानमन्त्री ओलीले राजीनामा दिनुु नपर्ने संविधान तथा कानुनका ज्ञाताहरुले सुझाएका छन् । 

त्यसैले प्रधानमन्त्री ओली आज मध्यान्हसम्म बालकोट फर्किसक्ने र देउवाले आजै अपरान्ह प्रधानमन्त्रीका रुपमा सपथ गर्ने भएका बताइएको छ । सर्वोच्च अदालतले हिजो दिएको परमादेशमा काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनेपछि एकाएक नयाँ राजनीतिक सरगर्मी बढेको छ । देउवाले आफ्नो प्रधानमन्त्रीको सपथसँगै सानो आकारको मन्त्रिमण्डल पनि बनाउने बताएका छन्।

प्रधानमन्त्री ओलीको बालुवाटारमा यो सरकारको अन्तिम मन्त्रिमण्डल बैठक हिजो बसेको थियो ।