२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानले भन्यो– सन्दीपको विषयमा कानुन अनुसार अगाडी बढ्छौ



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेबारे नेपालको कानुन अनुसार अगाढी बढ्ने बताएका छन् ।

क्यानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले सन्दीपलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताए ।

अध्यक्ष चन्दले सन्दीपको विषय गम्भीर रहेकोले नेपालको कानुन अनुसार नै अगाडी बढ्ने बताए । उनले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालको कानुनले दिएको खण्डमा सन्दीपलाई टिममा राख्न मिल्छ भनेको प्रतिक्रिया दिए ।

‘सन्दीप नेपालको चाहिँने खेलाडीमा कुनै लुकाउने पर्ने कुरा छैन । तर नेपालको कानुनले कुन किसिमको स्वीकृति दिन्छ त्यसको लागि सम्बन्धित निकायमा हामीले पहल गरेका छौं । त्यो अनुसार हामी अगाडि बढ्छौं । आइसिसीले हामीलाई के भनेको छ भने नेपालको कानुनले अनुमति दिन्छ भने तिमीहरु अघि बढ । नेपालको कानुनमा हामी छलफल गरि राखेका छौं । सम्बन्धित निकायसँग सुझाव मागेका छौं । त्यसपछि मात्रै हामी निर्णय लिन्छौं’, अध्यक्ष चन्दले भने ।

बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई गत पुष २९ मो उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । यद्यपि सन्दीप विदेश जान भने पाउदैनन् र उपत्यका छाड्दा मात्रै पनि उनले जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जवाफ दिनु पर्ने हुन्छ । सन्दीपले क्रिकेट खेल्न पाउने वा नपाउने भन्ने अदालतको आदेशमा उल्लेख छैन ।

 




भर्खरै