२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा ५ सम्मको पाठ्यपुस्तकको छपाइ निजी क्षेत्रले पाउने



अ+ अ-

काठमाडौँ । आगामी शैक्षिक सत्रका लागि कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तकको छपाइको जिम्मा निजी क्षेत्रले पाउने भएको छ । यसअघि कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तकको छपाइको जिम्मा पाएका निजी क्षेत्रले अबदेखि कक्षा ४ र ५ को पनि पाठ्यपुस्तक छाप्न पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले गरेको निर्णयका आधारमा निजी क्षेत्रले कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइ गर्न पाउने सूचना पाठ्यपुस्तक विकास केन्द्रले जारी गरेको छ । केन्द्रले पुस्तक छपाइका लागि निजी क्षेत्रलाई सूचीकृत हुन सूचना जारी गरेको हो ।

सूचनाअनुसार निजी मुद्रक तथा वितरकहरुले कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाइ गरी विक्री वितरण गर्नुपर्नेछ । यसका लागि निजी क्षेत्रले केन्द्रले तयार गरेको प्रिन्ट रेडी कपी (पीआरसी) का आधारमा पाठ्यपुस्तक छाप्नुपर्नेछ ।

यसअघि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सोही आधारमा पाठ्यपुस्तक छाप्ने गरेको थियो । प्रत्येक वर्ष पाठ्यपुस्तकको अभाव हुने समस्या समाधान गर्न निजी क्षेत्रलाई पनि पाठ्यपुस्तक छपाइको जिम्मेबारी दिइएको बताइएको छ ।