२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र ओली बीचको वार्ता सम्पन्न, दुबै नेताले प्रतिक्रिया दिएनन्



फाईल फोटो
अ+ अ-

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीचको वार्ता सकिएको छ।  राती सवा १० बजे प्रधानमन्त्री देउवा बालकोटबाट बालुवाटार फर्किएका हुन। बालकोटबाट बाहिरिने क्रममा देउवाले कुनै प्रतिक्रिया दिनु भएन ।

सत्ता गठबन्धनको बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा अमेरिकी सहयोग कार्यक्रम एमसीसी बारे सहमति हुन नसकेपछि प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न ओली निवास बालकोट पुग्नु भएको थियो ।

प्रधानमन्त्री देउवा सत्तारुढ दलको असहमतिका बीच एमसीसीलाई प्रतिनिधिसभाको भोलिको बैठकमा टेबुल गर्ने तयारीमा हुनुहुन्छ, तर संसद सचिवालयले निकालेको कार्यसूचीमा शुक्रबार एमसीसीलाई समेटिएको छैन । तर संसदको कार्यव्यवस्था समितिको बैठक भने बोलाइएको छ ।

दुई नेताबीचको झण्डै २ घण्टा भएको छलफलपछि एमालेका अध्यक्ष ओलीले पनि कुनै प्रतिक्रिया दिनु भएको छैन । दुई नेताबीचको वार्ता भएसँगै बालकोटमा थुप्रै पत्रकार पुगेका थिए ।

सत्ता गठबन्धनमा सहभागी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी दलले एमसीसीलाई अहिलेकै अवस्थामा पारित गर्न नहुने अडान राखेका छन् । त्यही कारण आज बिहीबारको सत्तारुढ घटकको बैठक विना निष्कर्ष समाप्त भएको थियो ।

सत्तारुढ दलहरुबीच सहमति नजुटे पछि निकै छटपटिमा रहनु भएका प्रधानमन्त्री देउवा पाँच दलीय गठबन्धनको बैठक सकेपछि एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्नु भएको थियो । जानकारहरुका अनुसार प्रधानमन्त्री देउवा एमसीसीलाई सदनमा प्रवेश गराउन जुनसुकै राजनीतिक कदम चाल्न तत्पर रहनु भएको छ ।

श्री देउवा एमालेलाई मनाएर संसदमा एमसीसी पारित गराउन उद्यत हुनु भएको प्रतित हुन थालेको छ । पाँच दलीय गठबन्धनको बैठक भोलि १० बजेका लागि डाकिएको छ, तर त्यसमा सहमति नभए गठबन्धन सरकार भंग हुनेछ, र एमालेको समर्थनमा देउवाको एकल सरकार बन्नेछ ।