१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग क्वाटरफाइनल ड्र सार्वजनिकः कसको प्रतिद्वन्द्वी को ?



अ+ अ-

काठमाडौँ। युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सार्वजनिक भएको छ । 

शुक्रबार भएको च्याम्पियन्स लिगको क्वार्टफाइनल ‘ड्र’ अनुसार इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब रियल मड्रिडसँग खेल्नेछ । 

त्यस्तै, इंग्लिस क्लब म्यान्चेस्टर सिटीले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग खेल्नेछ । 

स्पेनिस क्लब भिलारियलले भने जर्मन क्लब बार्यन म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ । 

यसैगरी पोर्चुगिज क्लब बेन्फिाकाले इंग्लिस क्लब लिभरपुलसँग खेल्नेछ । 

क्वार्टरफाइनलको पहिलो चरणको खेल अप्रिल ५ तथा ६ तारिखमा हुनेछ भने दोस्रो चरणको खेल अप्रिल १२ तथा १३ मा हुनेछ।

त्यस्तै, सेमिफाइनल प्रवेश गर्ने ४ टिमले अप्रिल २६ तथा २७ मा पहिलो चरण तथा मे ३ तथा ४ मा दोस्रो चरणको खेल खेल्नेछन्।

मे २८ मा पेरिसमा हुने फाइनल खेलबाट च्याम्पियन्स लिगको विजेताको टुंगो लाग्नेछ ।