२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयमा भल पसेर विजोग, सम्बन्धित निकाय खोई ?



अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिका वडा नं-३ स्थित जलौदीको बाल शैक्षणिक माविमा बर्खाको समयमा भल पसेर समस्या पर्दै आएको छ । बाटोमा नालाको राम्रोसँग प्रबन्ध हुन नसक्दा स्कुलले समस्या भोग्दै आएको छ । 

कोरोना भाइरसको महामारीपछि सरकारले शैक्षिक संस्थालाई बैकल्पिक माध्यमबाट पठनपाठन गराउन भनेपछि पछिल्लो केही महिनादेखि विद्यालय बन्द छ । अव विस्तारै यस विद्यालयमा पठनपाठन जारी गर्नुपर्ने भएमा कक्षाकोठामै भल पसेपछि पठनपाठन नै प्रभावित हुने देखिन्छ । स्थनीय सुजन पौडेलले गत १ महिनादेखि विद्यालयको यस्तो अवस्था रहेको न्युजपोलारलाई बताए । 

विद्यालयको कक्षाकोठाभित्रै भल पसेर समस्या परेपछि सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने हो, तर पटक पटक स्कुलले यो समस्या भोग्दै आएको छ । 

भिमगोफा मोटरमार्गमा पर्ने स्कुलमाथि बाटोमा ढलको निकासा समयमा नै गरेमा यसबाट थोरै भएपनि राहत मिल्ने देखिन्छ । केही समयमात्र स्कुलतर्फ आउने भललाई नाला बनाई पानीको निकासा गरेपनि त्यसले समस्याको समाधान गर्न सकेको छैन ।  स्कुलले भिमगोफा मोटरमार्गसँग समन्वय गरी समयमै यसबारे ध्यान पुर्याउन जरुरी छ ।