१२ भाद्र २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको मन्त्रीपरिषद् बैठक भौतिक रुपमा एक वर्षपछि



अ+ अ-

नयाँदिल्ली । भारतको मन्त्रीपरिषद्को बैठक एक वर्षपछि मात्रै भौतिक रुपमा बसेको छ । कोरोनाभाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रुपमै बसेको जनाइएको छ । मन्त्रीपरिषदमा व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा बैठक बसाल्नु भएको हो । 

बैठकमा विषेश गरेर आगामी संसद अधिवेशनका बारेमा छलफल भएको श्रोतले जनाएको छ । भारतको संघीय संसदको बर्षे अधिवेशन यही जुलाई १९ मा सुरु भइ अगस्ट १३ मा अन्त्य गर्ने तय भएको छ । 

प्रधानमन्त्री मोदीले बैठकमा कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि भइरहेको काम र आगामी योजनाका बारेमा पनि छलफल चलाउनु भएको जनाइएको छ । (रासस-एएनआई)