५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका ८० प्रतिशत जनसंख्यामा कोरोना



अ+ अ-

एजेन्सी । चीनका ८० प्रतिशत जनसंख्यामा कोरोना संक्रमण पाइएको छ । चीनमा कोरोनाले विक्रालको रुप लिइसकेको र यहाँको जनसंख्याको धेरै हिस्सा संक्रमित भइसकेको समाचारमा जनाइएको छ ।

यसैबीच एक प्रमुख वैज्ञानिकले ठूलो खुलासा गरेका छन् । चाइना सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिवेशनका मुख्य महामारी वैज्ञानिक वू जून्यौका अनुसार चीनमा अगामी दुईदेखि तीन महिनासम्म दोस्रो चरणका कोरोना संक्रमण बढ्ने सम्भावना धैरै कम रहेको छ । किनकी ८० प्रतिशत जनसंख्या संक्रमित भइसकेको छ ।

उनका अनुसार २१ जनवरीदेखि चीनमा सुरु भएको ल्यूनर नयाँ वर्षको बिदाको अवसरमा धेरै संख्यामा यात्रुहरुले यात्रा गरेका थिए । जसले केही क्षेत्रमा संक्रमण बढ्न सक्छ । तर दोस्रो चरणको कोरोना लहरको भने सम्भावना नरहेको उनी बताउँछन् ।

१२ जनवरीसम्म यहाँ करिब ६० हजारभन्दा बढी व्यक्तिहरुको मृत्यु भइसकेको चीनीयाँ सञ्चारमाध्यमले जनाएका छन् ।