६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा आर्सनल र म्यान्चेस्टर युनाइटेड भिड्दै



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज आइतबार तीन खेलहरु हुँदैछन् ।

आज राति नै यो सिजन अपत्यारिलो नतिजासहित शीर्षस्थानमा कायम रहँदै आएको आर्सनलले पछिल्लो समय लय समातेको म्यान्चेस्टर युनाइटेडलाई घरेलु मैदान इमिरेट्समा निम्तो दिँदैछ । खेल नेपाली समयानुसार राति १०ः१५ बजे सुरु हुनेछ ।

आर्सनलले पछिल्ला पाँच खेलमा चार जित र एक बराबरी खेलेको छ । यस्तै, युनाइटेडले पनि समान खेलमा चार जित र एक बराबरी नै खेलेको छ । १८ खेल खेलेको आर्सनलले एकमात्र पराजय भोगेको छ । शीर्षस्थानको आर्सनलको ४७ अंक छ । एक खेल बढी खेलेको युनाइटेड ३९ अंकसहित चौंथो स्थानमा रहेको छ ।

संयोगवस आर्सनल युनाइटेसँग नै सेप्टेम्बर ४ मा युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोर्डमा ३–१ गोलले पराजित भएको थियो । तसर्थ आर्सनललाई आज उक्त खेलको बदला लिने अवसर पनि रहेको छ ।

यस्तै, आज ७ः४५ बजे म्यान्चेस्टर सिटीले वल्भ्ससँग र लिड्स युनाइटेडले ब्रेन्टफोर्डसँग खेल्दैछ ।