२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा आर्सनल र म्यान्चेस्टर युनाइटेड भिड्दै



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज आइतबार तीन खेलहरु हुँदैछन् ।

आज राति नै यो सिजन अपत्यारिलो नतिजासहित शीर्षस्थानमा कायम रहँदै आएको आर्सनलले पछिल्लो समय लय समातेको म्यान्चेस्टर युनाइटेडलाई घरेलु मैदान इमिरेट्समा निम्तो दिँदैछ । खेल नेपाली समयानुसार राति १०ः१५ बजे सुरु हुनेछ ।

आर्सनलले पछिल्ला पाँच खेलमा चार जित र एक बराबरी खेलेको छ । यस्तै, युनाइटेडले पनि समान खेलमा चार जित र एक बराबरी नै खेलेको छ । १८ खेल खेलेको आर्सनलले एकमात्र पराजय भोगेको छ । शीर्षस्थानको आर्सनलको ४७ अंक छ । एक खेल बढी खेलेको युनाइटेड ३९ अंकसहित चौंथो स्थानमा रहेको छ ।

संयोगवस आर्सनल युनाइटेसँग नै सेप्टेम्बर ४ मा युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोर्डमा ३–१ गोलले पराजित भएको थियो । तसर्थ आर्सनललाई आज उक्त खेलको बदला लिने अवसर पनि रहेको छ ।

यस्तै, आज ७ः४५ बजे म्यान्चेस्टर सिटीले वल्भ्ससँग र लिड्स युनाइटेडले ब्रेन्टफोर्डसँग खेल्दैछ ।