२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय अन्तराष्ट्रियमा नेपालको वरीयता यथावत



फाईल फोटो
अ+ अ-

काठमाडौं । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा नेपाल यथावत रहेको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा यथावत रहेको हो ।

नयाँ वरीयतामा इंग्ल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भारतसँग एकदिवसीय सिरिज गुमाएको न्युजिल्याण्ड भने दोस्रो स्थानमा झरेको छ ।

यस्तै, तेस्रो स्थानमा भारत रहेको छ भने चौंथोमा अष्ट्रेलिया रहेको छ । पाँचौ स्थानमा पाकिस्तान रहँदा छैठौंमा दक्षिण अफ्रिका रहेको छ ।

यसैगरी वरीयतामा बंगलादेश सातौं,श्रीलंका आठौं, अफगानिस्तान नवौं र वेस्ट इन्डिज दशौँ स्थानमा रहेका छन् ।