२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन



अ+ अ-

 काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।    कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का गतिविधिबारे बुधबार  सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उहाँले त्यस्तो निर्देशन दिनुभएको सिसिएमसीले जनाएको छ ।

बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो ।