२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखमा उम्मेदवारी दिनुअघि प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गर्दै कांग्रेस



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि संसद्मा प्रतिपक्षी दलहरुसँग छलफल गर्ने भएको छ ।

कांग्रेसले जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग छलफल गर्ने भएका हो ।

कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने तयारी गरेको छ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका तर सरकारमा सहभागी नभएका दलहरुको मोर्चा बनाउने तयारी गरेको बताइएको छ ।

बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्नुभएको थियो । त्यस्तै नेपाली कांग्रेसले मधेश प्रदेशमा जसपाबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।