२ पुष २०८२, बुधबार
,
Latest
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य नेपाल–चीन आर्थिक सहकार्यमा जोड एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यती एयर दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँच आयोग गठन



अ+ अ-

काठमाडौं । सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाको छानबिन तथा जाँच आयोग गठन गरेको छ । बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

उक्त आयोगलाई ४५ दिनको समय सीमा उपलब्ध गराइएको छ । सदस्यहरूमा हवाई विज्ञ अवकाश प्राप्त दीपक प्रकाश बाँस्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा रहनुभएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनु भयो । सदस्य सचिवमा पर्यटनमन्त्रालयका बुद्धिसागर रहनुभएको छ ।

काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको विमान आज पोखराको सेती नदी खोँचमा दुर्घटना भएको थियो ।

चालक दलका चार सदस्यसहित ७२ सवार यती एयरलाइन्सको जहाज आज बिहान ११ बजेर १० मिनेटमा पोखराको सेती नदीस्थित खोँचमा दुर्घटना भएको थियो ।