१७ आश्विन २०८१, बिहीबार
,
Latest
बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाह भन्नुहुन्छः राजनीतिक प्रणाली परिवर्तनयोग्य छ कि भन्नेमा समीक्षा जरुरी छ



अ+ अ-

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रका नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुर्याएको र जनतालाई निराशाको दहमा डुबाउँदै लगेको महशुस हुँदै गएको बताउनु भएको छ ।

पूर्वराजा शाहले ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा दिनु भएको शुभकामना सन्देशमा यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तनयोग्य छ भन्ने बारेमा समीक्षा गर्न हामी सबै नेपाली तयार हुनुपर्ने उल्लेख गर्नु भएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, "अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भांडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पू¥याई रहेको छ, विचारणीय प्रश्न छ ।"

जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सूप्रवन्ध नै सही प्रजातान्त्रिक प्रणाली हो भन्दै सन्देशमा राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुन्छ, न त्यो कसैको सूरक्षाको कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ भनिएको छ ।

प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन । त्यो व्यवस्था त आफ्नै आचरण  र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणली हो । अरुले ओढाई दिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भूल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन, सन्देशमा भनिएको छ ।

सन्देशमा अगाडि भनिएको छ, जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन । आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन । प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन । त्यो स्वतः स्फूर्त एवं लोक सम्मत हुन्छ र हुनु पर्दछ ।

पूर्व राजा शाहले आजको यो ऐतिहासिक दिनमा जनताले अपेक्षा गरेको, रोजे खोजेको सही शासन पद्धति र विधि विधानमा लाग्न सबैको ध्यान जाओस् भन्ने कामना गर्नु भएको छ ।