१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको फेवातालदेखि सराङकोटसम्म केबलकार सञ्चालनमा



अ+ अ-

पोखराको पर्यटकीय गन्तव्य फेवाताल किनारबाट सराङकोटडाँडासम्म शुक्रबारदेखि  ‘अन्नपूर्ण केबुलकार सञ्चालनमा आएको छ । फेवाताल र सराङकोटडाँडा दुई पर्यटकीय गन्तव्यलाई जोड्नको लागि अन्नपूर्ण केबुलकार प्रालीले केवलकार निर्माण गरेको हो । केबुलकार पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २६५ मिटर लामो रहेको छ । १३ वर्ष अगाडि अध्ययन भएर २ अर्ब भन्दा बढी लगानीमा निर्माण गरेर शुक्रबार देखि व्यवसायीक सेवा शुरुवात गरिएको अन्नपूर्ण केबुलकार प्रालीका निर्देशक तिर्थ त्रिपाठीले वताउनु भयो ।

उहाँले केबुलकारको क्षमता १ घण्टामा २ हजार मान्छेहरु ओहोर दोहोर गराउने सक्ने रहेको बताउनु भयो । त्रिपाठीले अहिले सञ्चालनमा आएको आधा क्षमताको मात्रै भएकाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो,‘ १३ वर्ष अगाडि हामीले जापानी मुलुकको नेपाली नागरिक ताकासी म्याआरा ज्युलाई नेपालमा लिएर आए । उसलाई ल्याएर सर्भे गर्दा केवलकारको लागि यो स्थान उचित लाग्यो। त्यसपछि यहाँ र माथि केही जग्गा किन्यौँ । जग्गा बइना लगाएर अन्नपूर्ण केवलकार प्राली भनेर कम्पनी दर्ता गरायौँ । कम्पनी दर्ता गरेर काम अगाडी बढायौँ । अहिले सफल भएका छौँ । यो केवलकारको क्षमता १ घण्टामा १५ सय जना मान्छेहरु ओहोर दोहोर गर्न सक्छन  । अझ यो आधा क्षमताको हो । अहिले १७ वटा छन। यसमा ३५ वटासम्म राख्न सक्छौँ । यसरी यो केवलकारले एक घण्टामा २ हजार जनाले सेवा लिन सक्छन् । यसमा एक दिनमा पाँच हजार जना यात्रा चढाउन सक्यौँ भने राम्रो हुन्छ । अहिलेसम्म २ अर्ब भन्दा बढी लगानी भएको छ ।’

त्यस्तै अन्नपूर्ण केबुकार प्रालीका प्रबन्ध निर्देशक दिनेश पौडेलले केबुलकार पोखराको गहना भएको बताउनु भयो । उहाँले फेवातालबाट साङकोटसम्म केबुलकारबाट ९ मिनेटमा पुग्न सकिने बताउनु भयो।

उहाँले भन्नुभयो,‘फेवाताल देखि साङकोटसम्मको दुरी पार गर्न सकिन्छ । यो केवकारमा बसेर फेवाताल सनराइजहरु र इन्टरनेशनल एयरपोर्टहरु लगायत उत्तरतिर भएका हिमालहरु सुर्यदय उदायको र अस्ताएको मनमोहक दृश्यहरु अवलोकन गर्न सकिन्छ । केही समयपछि आफ्नै प्राङगणभित्र स्काई साइकल र जिपलाइनहरु र सुइमिङ लिएर आएका छौँ । यो १५ दिनभित्र तयार हुन्छ । यो केवलकार पोखराको लागि गहना हो । पोखरा प्रर्यटकिय गन्तव्य भएकाले जसरी फेवातालमा ढुङगा चढ्ने गरेका छन । त्यसरी नै केवलकार चढ्ने छन ।’

केबुकारले आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक संचालन गर्ने तयारी गरेको छ ।  स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने पोखरामा पर्यटनको एउटा नयाँ ‘ब्राण्ड’ थपिएको हो । अंग्रेजी नयाँ वर्षका दिनदेखि व्यावसायिक संचालनको योजना रहेपनि प्राविधिक समस्याका कारण ढिलाइ भएको हो ।  केबुलकारको तल्लो स्टेशन समुद्र सतहदेखि ८२४ मिटरमा रहेकामा माथिल्लो स्टेशन एक हजार ४६५ मिटर रहेको छ। प्राकृतिक सुन्दरताले भरिएको पोखरामा केबुलकार पर्यटकको नयाँ गन्तव्य र रोजाइ बन्नेछ। प्राकृतिक सुन्दरताले विश्वमा नै ख्याति कमाएको सहरमा नयाँ गन्तव्यले पर्यटकको बसाइ लम्बाउन र थप पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास लिइएको छ।

केबुलकार सञ्चालनपछि सुन्दर फेवाको किनारबाट केबुलकारमा चढेर ताल र हिमालर पोखरा शहर हेर्दै सराङकोट डाँडामा पुग्ने अवसर पर्यटकले पाएका छन । सराङकोट सूर्योदय र सूर्यास्तसहित हिमाल र तालको दृश्यावलोकनका लागि प्रख्यात छ। केबुलकारमा हालसम्म २ अर्ब लगानी भएको छ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न जारी बन्दाबन्दीका कारणले पनि परियोजना सम्पन्न हुन ढिलाइ भएको र लागत बढेको हो। केबुलकारमा जडान गरिएका उपकरण र प्रविधि पछिल्लो समयमा विकास भएको आधुनिक भएको बताइन्छ। जापानको ‘निप्पल केबुल’ कम्पनीबाट डिजाइन र विकसित प्रविधिलाई प्रयोगमा ल्याइएको छ ।

केबुलकारमा पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी छ।  कम्पनीले नेपालीका लागि ७ सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि ८ सय रुपैयाँ र तेस्रो मुलुकका नागरिकका लागि ९ डलर भाडादर तय गरिएको छ। ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था छ। स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत आयोजनामा लगानी गरिएको छ।