३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढ्यो

नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढ्यो
symbolic picture
अ+ अ-

काठमाडौँ । गत सातादेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक साताको पहिलो दिन दिन आइतबार पनि बढेको छ । आज नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढेर दुई हजार एक सय ६४ दशमलव ६१ अंकमा कायम भएको हो ।

यो दिनको कारोबारमा दुई सय ५९ वटा कम्पनीको एक करोड ४१ लाख नौ सय ८८ कित्ता शेयर ७५ हजार चार सय ६५ पटक खरिद–बिक्री हुँदा रु पाँच अर्ब ४५ करोड ९९ लाख २५ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज बैंकिङ, उत्पादन र लघुवित्त समूहको उपसूचक घटेको छ भने अन्य सबै समूहको उपसूचक बढेको छ । नेप्सेकाअनुसार बैंकिङ समूह १२ दशमलव २५, उत्पादन समूह ६० दशमलव १७ र लघुवित्त समूह १० दशमलव ९९ अंकले घटेको छ ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक चार सय ६८ दशमलव ९८ अंक र निर्जीवन बीमा तीन सय २२ दशमलव २८ अंकले बढेको छ छ । त्यस्तै, विकास बैंक समूहको उपसूचक १९, वित्त समूहको उपसूचक ३५ दशमलव ७६, होटल समूहको उपसूचक एक सय १९ दशमलव ५६ र जलविद्युत् समूहको उपसूचक ५२ दशमलव ६१ अंकले बढेको छ । लगानी समूह एक दशमलव २८, म्युचुअल फन्ड समूह शून्य दशमलव ४२, व्यापार समूह ५७ दशमलव ६७ र अन्य समूह १२ दशमलव ३३ अंकले बढेको पनि नेप्सेले जनाएको छ ।

आज न्यादी ग्रुप पावर लिमिटेड र बाहारी हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुद्धभूमि हाइड्रोपावर लिमिटेडको शेयरमूल्य सबैभन्दा बढी चार दशमलव २५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रु २१ करोड २९ लाख ५२ हजार र शिवम् सिमेन्टको १९ करोड ६८ लाख ६३ हजार बरारबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमो हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । कम्पनीका पाँच लाख २७ हजार एक सय ८५ कित्ता सेयर खरिद–बिक्री भएका छन् । रासस