२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेक्वान्दो विवादः निर्वाचनमा आउन आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित नेपाल तेक्वान्दो महासंघले नेपालको तेक्वान्दोका सबै पक्षलाई महासंघमा आवद्ध भएर निकास खोज्न आग्रह गरेको छ ।

नेपाल तेक्वान्दो महासंघले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर एउटै प्रकृतिका संघलाई महासंघमा आवद्ध हुन आग्रह गरेको हो । महासंघले यसअघि अस्तित्वमा रहेका नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघलाई महासंघको छातामा आउन र निर्वाचनबाट नयाँ नेतृत्वको चयनमा सहभागि हुन आग्रह समेत गरेको छ ।

कानूनविपरित राखेपले संघ खारेज गरेको भन्दै सर्वोच्च अदालतमा नेपालको तेक्वान्दो संघको मुद्दा विचाराधिन रहेकै अवस्थामा महासंघले पत्रकार सम्मेलनमार्फत आफ्नो विचार स्पष्ट पारेको हो ।

गत वैशाख ९ गते बसेको राखेपको ११३ औं बोर्ड बैठकले उपाध्यक्ष शिव कोईरालाको संयोजकत्वमा संघसंस्था विवाद समिति गठन गरेको थियो । विवाद समाधानका लागि तेक्वान्दो र उसु संघका विवादित मध्येको एउटा कार्यसमितिका कुनैपनि प्रतिनिधि वार्तामा नआएका कारण समितिले ऐनअनुसार दुवै संघलाई खारेज गर्दै नेपाल तेक्वान्दो महासंघ गठन गरेको थियो ।

राखेपले एउटै प्रकृतिका दुई तेक्वान्दो संघलाई खारेज गर्दै नयाँ संघ गठन गरेपछि विवाद अहिले चर्किएको छ । दुई मध्येको एक संघले राखेपको निर्णयलाई स्वागत गर्दै अगाडि बढ्ने बताएको छ भने राष्ट्रिय तेक्वान्दो संघले राखेपको निर्णय कानून विपरित भएको भन्दै अदालतमा पुगेको हो । यस्तै आफ्ना पदाधिकार समावेश नगरी गठन गरेको बिरोध गर्दै आएका छन् ।

नेपाल तेक्वादो संघले आपूm खुशी तरिकाले संघ चलाएको र कुनैपनि प्रतियोगिता आयोजना नगरेको आरोप लाग्दै आएको छ ।

राखेपबाट पुनर्गठित नेपाल तेक्वान्दो संघको अध्यक्षमा संघका पूर्व उपाध्यक्ष तथा पहिलो पुस्ताका खेलाडीसमेत रहेका प्रदीप जोशीलाई संयोजक र संकटा क्लवका अध्यक्ष ईन्द्रमान तुलाधरलाई महासचिवको जिम्मेवारी दिइएको छ । जोशी र महासचिव बुधवार सातदोबाटोस्थित तेक्वान्दो कार्यलयमा बहाली गर्न जाँदा विवाद भएको थियो ।

खारेज गरिएका संघका अध्यक्ष प्रकाश समशेर राणाको नेतृत्व पदाधिकारीले तेक्वान्दो भवन छोड्न अस्वीकार गरेपछि विवाद भएको थियो । एउटा पक्ष छोड्न तयार नभएको र अर्काे पक्ष तेक्वान्दो भवन भित्र छिर्ने विवादपछि प्रहरीले कार्यालयमा ताला लगाइदिएको थियो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारीको रोहबरमा दुवै पक्ष अहिले कार्यालयमा नबस्ने सहमतिपछि प्रहरीले ताला लगाएको थियो । तर त्यसको दुई दिनपछि प्रकाश समशेर राणा नेतृत्वले कार्यसञ्चालनमा बाधा भएको भनेपछि ताला खोलिएको थियो ।