९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन बाढी: भूमिगत रेल स्टेशनमा यात्रुवाहक रेल डुबाएपछि यस्तो आतङ्क



अ+ अ-

एजेन्सी । मङ्गलवार चीनको व्यस्त सबवे अर्थात् भूमिगत रेल स्टेशनमा बाढी आएपछि हताश यात्रुहरूले भाग्ने प्रयास गरेका थिए। अन्य केहीलाई बाढीले बगाएर प्लेटफर्मभन्दा टाढा पुर्‍याइदियो।

रेलको एउटा खण्डमा पानी छिरेर मानिसहरूको घुँडाबाट कम्मर हुँदै पछि घाँटीसम्म पुग्यो। आत्तिएका यात्रुहरू सास फेर्न शरीरलाई माथि धकेलिरहेको देखियो भने कम उचाइका व्यक्तिहरूलाई अरूले बोकिरहेका थिए।

सामाजिक सञ्जालमा देखिएका केही भिडिओमा यात्रुहरू कुर्सीमा उभिएको र रेलको छतमा टाँसिएको देख्न सकिन्छ। बाहिर झन् धेरै पानी रहेको थाहा नहुँदासम्म एक यात्रुले झ्याल फुटाउने प्रयास गरिरहेका थिए।

केहीले अत्यासलाग्दो स्थितिको भिडिओ खिचिरहेका थिए भने केहीले सहयोग गर्न भन्दै आफ्ना नजिकका मानिसहरूलाई सम्पर्क वा सामाजिक सञ्जालमा पोस्ट गरिरहेका थिए। "म अब थप बोल्न सक्दिनँ," एक महिलाले सामाजिक सञ्जाल वेबोमा लेखिन्।

"बीस मिनेटभित्र उद्धार नभए सयौँको सङ्ख्यामा रहेका हामीले ज्यान गुमाउनेछौँ।" कैयौँ घण्टाको त्रास र अनिश्चिततापछि उद्धारकार्यमा खटिएको टोली रेलको छतबाट भित्र प्रवेश गर्न सफल भयो र मानिसहरूलाई बाहिर निकाल्न थाल्यो।

"हामीले छतमा रहेको सिसा अलिकति फुटायौँ। त्यसपछि अचानक त्यहाँ हावा आयो," नाम नखुलाइएकी एक महिलाले सरकारी प्रसारक सीसीटीभीलाई भनिन्। जङ्जो सहरमा क्रमिक रूपमा सयौँ मानिसहरूलाई बाढीका कारण डुबेको सबवेबाट बचाउन उद्धारकर्ताहरू सफल भए।

खनान प्रान्तस्थित येलो रिभरको किनारमा रहेको उक्त सहरमा एक करोड २० लाख मानिसहरू बसोबास गर्छन्। यो बाढीमा कम्तीमा १२ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको बताइएको छ।

किन आयो बाढी ?
बाढीका कैयौँ कारणहरू हुन सक्छन्। जलवायु परिवर्तनका कारण तापमान बढेको वायुमण्डलले पनि अत्यधिक वर्षाको सम्भावना बढाउँछ।

झन्डै नौ करोड ४० लाख जनसङ्ख्या रहेको खनान प्रान्तले असामान्य रूपमा सक्रिय वर्षा देखिएसँगै मौसमसम्बन्धी कडा चेतावनी जारी गरेको थियो।

जङ्जोमा विगत तीन दिनमा भएको अविरल वर्षामा उक्त सहरमा एक वर्षमा पर्ने पानीसमान रहेको बताइएको छ। (बीबीसी)