३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

देउवा काँग्रेस सभापति कि कसैका एजेण्ट ?

पाँचदलीय गठबन्धन तहसनहस हुनुमा सभापति देउवाकै दुर्बुद्धि, खोक्रो अहंकार र काँग्रेसघाती हर्कतको परिणाम हो ।

देउवा काँग्रेस सभापति कि कसैका एजेण्ट ?
file
अ+ अ-

शेरबहादुर देउवा नेपाली काँग्रेसका सभापति हुन्, तर उनी सिद्धान्त, नीति, निष्ठा र संस्कारको कसीमा काँग्रेस हुन् कि काँग्रेसलाई भित्रैदेखि कीरा पारेर सडाउने छद्मभेषी वा कसैका एजेण्ट हुन् ?

हिजोसम्म यो प्रश्न अतिशयोक्ति र पूर्वाग्रह प्रेरित जस्तो लाग्थ्यो होला, तर आज स्वाभाविक रुपमा यो प्रश्न पार्टीभित्रै उठेको छ, उठ्नुपर्छ । पाँचपटक मुलुकको प्रधानमन्त्री भएको व्यक्तिले मुलुक र यसका सञ्चालक पार्टीहरूलाई नचिनेर भूलचूकवस यसो भएको हो भनेर क्षमा दिने ठाउँ अब रहेन ।

दुईपटक नेपाली काँग्रेसको वैधानिक सभापति र एकपटक पार्टी फुटाएर बनेको सभापति भएको व्यक्तिको कहिल्यै मति सुध्रिएन,चेत फिरेन, आनीबानी नै यस्तो हो भनेर अब कुनै सच्चा लोकतन्त्रवादी स्वाभिमानी र निष्ठावान काँग्रेसजनले सहज रुपमा लिने अवस्था र उनलाई पार्टी सभापति मानिरहनु पर्ने कुरै रहेन ।

पाँचदलीय गठबन्धनको जोड उनैको थियो । यो गठबन्धनको विरोध गर्नेहरूलाई उनैका चट्टाबट्टाले ‘गठबन्धन नमान्नेले पार्टी छोडेर गए हुन्छ…’ भन्ने सम्मका काँग्रेसको संस्कारसँग नमिल्ने र अशोभनीय ओठे जवाफ दिएको सुन्नुपरेको थियो ।

गठबन्धनको नाममा उनैको मर्जीले गर्दा प्रतिनिधिसभाको लागि ७४ सिटमा माया मारेर ९१ सिटको उम्मेद्वारीमा खुम्चिनु परेको थियो भने प्रदेशसभाको हकमा पनि देशभर यस्तै नीति लिईयो । चितवन, पर्सा, धनुषा, कास्की जस्ता काँग्रेसका ऐतिहासिक र गौरवभूमि गठबन्धनका नाममा काँग्रेसले त्याग्नुपरेको खेदजनक स्थितिमा पु-याइएको छ ।

एकातिर ३५ लाख नयाँ मतदाता थपिएका छन्, अर्कातिर काँग्रेसले अघिल्लो निर्वाचनको तुलनामा सातलाख मत गुमाएको अवस्था छ । २०७४ को संसदीय निर्वाचनमा एमाले र माओवादी मिलेर निर्वाचन लड्दा पनि काँग्रेसको एमालेकै हाराहारीमा लोकप्रिय मत थियो । तर त्यस यता काँग्रेसको छवि र जनाधारमा नै घात हुने काममा सभापति देउवाको प्रत्यक्ष हात रहेको छ ।

पार्टीका क्रान्तिकारी, जनप्रेमी र निष्ठावान कार्यकर्ताहरूलाई यो वा त्यो बहानामा अन्यायपूर्वक निरास र हतोत्साही बनाएर पन्छाउने र भ्रष्टाचारी, तश्कर, कालोधन वा आर्थिक अपराधका धनपतिहरूलाई प्रश्रय, संरक्षण र पुरस्कृत गर्ने परिपाटी उनीबाटै बसाईएको छ ।

पाँचदलीय गठबन्धन तहसनहस हुनुमा सभापति देउवाकै दुर्बुद्धि, खोक्रो अहंकार र काँग्रेसघाती हर्कतको परिणाम हो । सत्तामा आफ्नो औचित्य स्वयंले समाप्त गरेका देउवालाई काँग्रेसको सभापति हुने र उनलाई सभापति मानिराख्नु पर्ने औचित्य समाप्त भएको छ । अतः शेरबहादुर देउवाले या त सभापति पदबाट राजिनामा दिएर इज्जतपूर्वक हट्नुपर्छ ।

नत्र भने पार्टीको विशेष महाधिवेशन राखेर उनलाई पदमुक्त गर्नु जरुरी भएको छ । सभापतिको गरिमामय पद कसैको मनपरि गर्ने र पार्टीकै हुर्मत लिने थलो कदापि होइन ।

कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीको फेसबुकबाट