३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड

‘सुशान्तको आँखामा मुक्का हानेजस्तो चोट लागेको थियो’

‘सुशान्तको आँखामा मुक्का हानेजस्तो चोट लागेको थियो’
अ+ अ-

एजेन्सी । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको मामलामा कूपर अस्पतालका पोस्टमार्टम स्टाफले अर्को चकित पार्ने दाबी गरेका छन् ।

सुशान्तको शव पोस्टमार्टमका लागि ल्याइँदा उनको आँखामा उनलाई कसैले धेरै पटक मुक्का हानेको जस्तो निशान देखिएको उनले बताए । यस्तै, उनले महाराष्ट्रको अघिल्लो सरकार अर्थात् उद्धव सरकारमाथि पनि प्रश्न उठाएका छन् ।

उनले भने – ‘म सुशान्तको शवको पोस्टमार्टम गर्ने टोलीको हिस्सा थिएँ र मैले उनलाई धेरै चोट लागेको देखेँ, उनको धेरै हड्डीहरू पनि भाँचिएको थियो । त्यतिबेलाको उद्धव सरकारलाई विश्वास नभएकाले म मिडियाको अगाडि आउन सकिन । अहिले सरकार परिवर्तन भएको छ, म सत्य बोल्न चाहन्छु । मलाई आफ्नो ज्यानको परवाह छैन, सुशान्तले न्याय पाउनुपर्छ ।’

रुपकुमार शाह सोमबार २६ डिसेम्बरमा पहिलो पटक मिडियामा देखा परेका थिए । शाहले सुशान्तले आत्महत्या नगरेको, हत्या भएको दाबी गरेका छन् ।

सुशान्त सिंह राजपूत १४ जुन, २०२० मा बान्द्रा स्थित उनको घरमा रहस्यमय रूपमा मृत फेला परेका थिए । पहिलो नजरमा यो घटना आत्महत्या भएको देखिए पनि पछि मिडिया र विपक्षी दलको दबाबका कारण घटनाको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो । सीबीआईको पछिल्लो प्रतिवेदनमा मृत्युको वास्तविक कारण आत्महत्या भनिएको थियो ।