१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः टोटेनहम, वाटफोर्ड, आर्सनल, चेल्सी र लिभरपुल विजयी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले लिग लिडर म्यान्चेस्टर सिटीलाई उसकै मैदानमा ३-२ गोलले पराजित गरेको हो ।

खेलको चौंथो मिनेटमा नै डेजान कुलुसेभ्स्कीले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए। यता, ३३ औं मिनेटमा इल्काए गुन्डोवानले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

५९ औं मिनेटमा ह्यारी केनको गोलबाट टोटेनहमले फेरि २-१ को अग्रता बनायो। तर, ९०+२ मिनेटमा रियाद माहरेजले पेनाल्टीमार्फत गोल गर्दै खेलललाई २-२ को बराबरीमा ल्याए । अति नै रोमाञ्चक बनेको खेलको ९०+५ मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै ह्यारी केनले टोटेनहमलाई जित दिलाए । 

पराजित सिटी २६ खेलमा ६३ अंकसहित शीर्ष स्थानमा यथावत छ भने टोटेनहम २३ खेलबाट ३९ अंकसहित तालिकाको सातौं स्थानमा छ । 

यस्तै, शनिबार राति नै भएको अर्को खेलमा वाटफोर्डले एस्टन भिल्लाई १-० गोलले पराजित गर्यो । वाटफोर्डलाई जित दिलाउन खेलको ७८ औं मिनेटमा इमान्युल बोनाभेन्चरले गोल गरे । 

२४ खेलबाट १८ अंकसहित वाटफोर्ड १८ औं स्थानमा छ भने एस्टन भिल्ला समान खेलबाट २७ अंकसहित १२ औं स्थानमा छ । 

यस्तै, शनिबार राति नै भएको खेलमा आर्सनलले बेन्टफोर्डलाई २-१ गोलले पराजित गरेको छ । 

आर्सनलको मैदान इमिरेट्समा भएको खेलमा सबै गोल खेलको दोस्रो हाफमा सम्भव भएको थियो । 

खेलको ४८ औं मिनेटमा स्मिथ रोएले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । 

यस्तै, ७९ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । 

यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा क्रिस्टियन नोर्गाडले गोल गरेपनि ब्रेन्टफोर्डको हार टार्न सकेनन् । 

जितसँगै २३ खेलबाट ४२ अंकसहित आर्सनल अंकतालिकाको छैटौं स्थानमा छ। ब्रेन्टफोर्ड २६ खेलबाट २४ अंकसहित १४ औं स्थानमा छ । 

यस्तै, शनिबार राति नै भएको अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १-० गोलले पराजित गर्यो । चेल्सीलाई जित दिलाउन खेलको ८९ औं मिनेटमा हाकिम जियचले गोल गरे । 

२५ खेलबाट ५० अंकसहित चेल्सी तालिकाको तेस्रो स्थानमा रहेको छ भने क्रिस्टल प्यालेस समान खेलबाट २६ अंकसहित १३ औं स्थानमा छ । 

यस्तै, शनिबार राति नै भएको अर्को खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । 

खेलको ४८ औं मिनेटमा मिलोट राशिकाले गोल गर्दै नर्विचलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, खेलको ६४ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १-१ को बराबरीमा ल्याए । 

खेलको ६७ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।

जितसँगै लिभरपुल २५ खेलमा ५७ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ भने नर्विच २५ खेलबाट १७ अंकसहित पुछारमा छ ।