२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्ध अन्त्यका निम्ति शान्ति शिखर सम्मेलन गर्ने युक्रेनको चाहना



अ+ अ-

एजेन्सी । युक्रेनले रुससँग जारी युद्धको अन्त्यका निम्ति शान्ति शिखर सम्मेलन गर्ने लक्ष्य लिएको छ तर त्यसमा विपक्षी क्रेमलिनले भाग लिने अपेक्षा किएभले गरेको छैन । रुस शान्ति शिखर सम्मेलनमा सहभागी नभएपछि चाँडै युद्ध अन्त्य हुने भविष्यवाणी गर्न कठिन भएको छ ।

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशको सरकारले आगामी दुई महिना भित्रमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको मध्यस्थतामा शान्ति शिखर सम्मेलन गर्न चाहेको एसोसिएटेड प्रेसलाई बताएका छन् । सन् २०२३ भित्रमा युद्ध अन्त्य होस् भन्ने युक्रेनी चाहना रहेको पनि उनले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घले पनि ‘महासचिवले विगतमा धेरै पटक भनेझै सबै पक्षले मध्यस्थता गरून् भन्ने चाहेमा मात्र’ उहाँले मध्यस्थता गर्नसक्ने प्रतिक्रिया दिएको छ । टर्कीको अग्रसरतामा खाद्यान्न आपूर्ति गर्नेसम्बन्धी यसअघि सम्झौताजस्तै शान्तिवार्ताका निम्ति रुससँग छलफल गर्न अन्य राष्ट्रहरू स्वतन्त्र ढङ्गले लाग्नसक्ने विदेशमन्त्री कुलेबाले बताए ।

आफ्नो देशले मस्कोसँग प्रत्यक्ष वार्ता गर्नु अघि रसियाले युद्धअपराध न्यायाधिकरणको सामना गर्नुपर्नेमा पनि उनले जोड दिए । साथै उनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गत हप्ताको अमेरिका भ्रमणको नतिजाबाट आफू पूर्ण रूपमा सन्तुष्ट भएको बताए ।