१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः एट्लेटिको र रियल मड्रिडको सहज जित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत एट्लेटिको मड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले ओसासुनालाई उसकै मैदानमा ३-० गोलले पराजित गरेको हो । 

एट्लेटिकोलाई जित दिलाउन खेलको तेस्रो मिनेटमा जोआओ फेलिक्स, ५९ औं मिनेटमा लुइस स्वारेज र ८९ औं मिनेटमा एंगेल कोरीयाले गोल गरे । जितसँगै २५ खेलबाट ४२ अंक जोडेको एट्लेटिको तालिकाको चौंथो स्थानमा छ भने ओसासुना २५ खेलबाट ३२ अंकसहित नवौं स्थानमा छ । 

यस्तै, शनिबार राति नै भएको अर्को खेलमा रियल मड्रिडले अलाभेसलाई ३-० गोलले पराजित गर्यो । घरेलु मैदानमा रियललाई जित दिलाउन मार्को एसेन्सीओ, भिनिसियस जुनियर र करिम बेन्जेमाले गोल गरे । 

जितसँगै २५ खेलबाट ५७ अंकसहित रियल तालिकाको शीर्ष स्थानमा यथावत छ भने अलाभेस २५ खेलबाट २० अंकसहित १९ औं स्थानमा छ ।