१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई

अधुरै रह्यो निवर्तमान पर्यटनमन्त्रीको वाचा

अधुरै रह्यो निवर्तमान पर्यटनमन्त्रीको वाचा
अ अ+ अ-

काठमाडौँ । “मन्त्री हुनुअघि जे सोचेको थिएँ, जुन कामको अपेक्षा गरेको थिएँ त्यो गर्न सकिन” सोमबार मन्त्रालयबाट बाहिरिँदै गर्दा निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले भावुक मुद्रामा भन्नुभयो ।

पर्यटनमन्त्रीका रुपमा पर्यटन क्षेत्रको संस्थागत विकासका लागि नीतिगत योजना बनाउने कामले पूर्णता पाएको अनुभूति नभएको जाँदाजाँदै उहाँले गुनासो गर्नुभयो ।

आज पर्यटन मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा उहाँले ३९औँ पर्यटनमन्त्रीका रुपमा एक सय ८३ दिन काम गर्दा कैयन काम ‘पाइपलाइनमा’ रहेकाले काम अधुरै भएको दाबी गर्नुभयो ।

पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा हर्क गुरुङ पर्यटन राज्यमन्त्री हुनुभएको थियो । विसं २०७९ असार १२ गते जीवनराम श्रेष्ठ पर्यटनमन्त्रीको जिम्मेवारी लिनुभएको थियो ।

पर्यटनमन्त्रीको लामो लस्कर र समयावधिमा पनि पर्यटन क्षेत्रको दीर्घकालीन विकास हुननसक्नु विडम्बना भएको उहाँको गुनासो छ । यद्यपि आफूले छ महिनाको छोटो कार्यकाल पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन रणनीतिक प्रभाव पार्ने काम गर्ने प्रयास गरेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रको विकास र सम्वद्र्धनका लागि मन्त्रीका रुपमा दीर्घकालीन महत्वका रणनीतिक कार्ययोजना सुरुआत भएका छन् । नयाँ आउने पर्यटनमन्त्रीले त्यसलाई अनुशरण गरेर कार्यान्वयन गरेको खण्डमा पर्यटन क्षेत्रले फड्को मार्नेछ ।”

मन्त्री श्रेष्ठले पर्यटन विकासका लागि कतिपय काम परिणाम आउने चरणमा रहेको र केही कार्यान्वयनको प्रक्रियामा रहेको उल्लेख गर्नुभयो ।

उहाँले नीतिगत र संरचनागत सुधार, पर्यटन प्रवद्र्धन, सांस्कृतिक सम्पदाको संरक्षण, हवाई पूर्वाधार विकासलगायतमा भएको काममा मन्त्रालय र मातहत निकायको सामूहिक प्रयासले अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो ।

नेपालले पर्यटन क्षेत्रमा फड्को मार्न सकेमात्र आर्थिक समृद्धिको दिशामा महत्वपूर्ण उपलब्धी हासिल गर्न सकिन्छ भन्दै निवर्तमान मन्त्री श्रेष्ठले पर्यटन मन्त्रालय मातहतका निकायलाई समसापेक्ष पुनःसंरचना गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

देशमा पटकपटक राजनीतिक परिवर्तन भए पनि अवस्थामा परिवर्तन नभएकाले संस्थागत र नीतिगत सुधार गरेर समयसापेक्ष बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

पर्यटन पूर्वाधारसहित समग्र विकासका लागि पर्यटन दशक ९सन् २०२३ देखि २०३२० को अवधारणा अघि सार्दै रणनीतिक कार्ययोजनाको रुपरेखासमेत सार्वजनिक गरिएको उहाँले उल्लेख गर्नुभयो ।

निगम सुधार्न नसकेकामा दुःखेसो

श्रेष्ठले मन्त्रालयकै निकाय भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरण प्रभावकारी हुँदा नेपाल वायुसेवा निगमको अवस्था खराब रहेको भन्दै त्यसलाई सुधान गर्न नसकेकामा आफूलाई दुःख लागेको बताउनुभयो ।

“मन्त्रीका रुपमा निगम सुधान गर्न नसकेकामा दुःख लागेको छ । सम्बन्धित निकायले मन्त्रीको निर्देशन नटेर्ने प्रवृत्तिले नेतृत्व खराब हुँदा सिङ्गो संस्था बिगार्ने रहेछ । निगम सुधान गर्न व्यवस्थापन केही समयलाई भए पनि निजी क्षेत्रलाई दिन जरुरी छ ।”