२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालद्वारा पद तथा गोपनियताको शपथग्रहण



अ+ अ-

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई शीतल निवासमा शपथग्रहण गराउनुभएको हो ।

आज नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहेको छ ।

अध्यक्ष दाहाल आइतबार नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका नवनियुक्त प्रधानमन्त्री दाहाललाई नवनियुक्त प्रधानमन्त्री दाहाललाई नेकपा (एमाले)को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ ।