२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा नजाने



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीसमेत नयाँ सरकारमा सहभागी नहुने भएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सरकारमा नजाने बताएको थियो ।

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाउँदै सरकारमा सहभागी नभई बाहिरैबाट समर्थन गर्ने जनाएको हो ।

पार्टी अध्यक्ष रञ्जिता चौधरीले प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीको समर्थन रहेको भए पनि सरकारमा जाने कुरा तत्काल नसोचेको र अहिले नै सरकारमा नजाने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले रेशम चौधरीको रिहाइका लागि पहल गर्ने आश्वासन दिएकाले उहाँको नेतृत्वको सरकारलाई समर्थन गरेको अध्यक्ष चौधरीले बताउनुभयो ।

सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न पार्टीका संस्थापक रेशम चौधरीले शीर्ष नेताहरुलाई डिल्लीबजारस्थित कारागारमा बोलाउनुभएको थियो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा नयाँ सत्ता गठबन्धनको बैठक बसिरहँदा नागरिक उन्मुक्ति पार्टीका नेताहरु सहभागी थिएनन् ।

प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका ३ सांसद छन् ।