१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई

सत्ता गठबन्धनको बैठक अघि देउवा र प्रचण्डबीच छुट्टै छलफल हुँदै

सत्ता गठबन्धनको बैठक अघि देउवा र प्रचण्डबीच छुट्टै छलफल हुँदै
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टै छलफल भइरहेको छ ।

दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टै छलफल भइरहेको हो । दुई नेताबीचको छलफल सकिएपछि गठबन्धनको बैठक बस्ने तयारी गरिएको छ । यसअघि नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच बालुवाटारमैसरकारको नेतृत्वबारे छुट्टै बैठक बसेको थियो ।

नेपाली कांग्रेसले सरकारको नेतृत्व माओवादीलाई दिन नसक्ने स्पष्ट सन्देश दिइसकेको छ । प्रधानमन्त्री देउवाको सन्देश लिएर आज बिहान माओवादी केन्द्रका प्रचण्डलाई भेट्नु पुग्नु भएका कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले छोड्न नसक्ने सन्देश दिनुभएको थियो ।

निधिसँगको छलफलपछि अध्यक्ष प्रचण्डले कांग्रेसको प्रस्ताव आफूलाई स्वीकार्य नभएको सन्देश देउवालाई पठाउनु भएको काग्रेसका एक नेताले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दाहालको सन्देश पछि अब गठबन्धन अगाडी जाने सम्भावना झिनो भएको छ, विकल्पमा छलफलहरु सुरु भएको छ ।”

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ५ बजेभित्र बहुमतसहित सरकारका नेतृत्वमा दाबी प्रस्तुत गर्न दलहरुलाई समयसीमा दिनुभएको छ । सोही समयभित्रै सहमति जुटाउने प्रयासमा नेताहरु सक्रिय छन् ।

गठबन्धनकै नेतृत्वमा सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत छन् । तर सबैभन्दा पहिला सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा सहमति जुट्न सकेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २÷२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ ।

सत्ता गठबन्धनमा सहमति हुन नसकेको परिस्थितिमा कांग्रेस र माओवादी दुवैले नेकपा एमालेसँग पनि छलफल जारी राखेको बताइएको छ । कांग्रेस नेता विमलेन्द्र निधिले शनिबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्नुभएको थियो ।