१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

प्रकाशमान र प्रचण्डको भेट: प्रधानमन्त्री आफूले पाउनुपर्ने प्रचण्डको अडान

प्रकाशमान र प्रचण्डको भेट: प्रधानमन्त्री आफूले पाउनुपर्ने प्रचण्डको अडान
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच आज बिहान प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ ।

गठबन्धनबीच नयाँ सरकारको पहिलो नेतृत्व कसले गर्ने भन्नेबारेमा दुवै नेताबीच कुराकानी भएको बताइएको छ । कांग्रेस नेता सिंहले पहिलो चरणको सरकारको नेतृत्व नेपाली कांग्रेसलाई दिन अध्यक्ष प्रचण्डसमक्ष प्रस्ताव राख्नुभएको थियो । तर प्रचण्डले पहिलो चरणको सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडान राख्नुभएको थियो ।

भेटमा नेता सिंहले पहिलो चरणमा कांग्रेसलाई र दोस्रो चरणमा माओवादी केन्द्रलाई सरकारको नेतृत्व दिएर शक्ति बाँडफाँटका विषयमा सम्मानजनक ढंगले छलफल गर्न आग्रह गर्नुभएको थियो । तर अध्यक्ष प्रचण्डले शक्ति बाँडफाँटका विषयमा छलफल गर्ने तर पहिलो चरणमा आफूले नै सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान दोहोर्याउनुभएको थियो ।

अध्यक्ष प्रचण्डसँगको भेटलगत्तै नेता सिंह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्री देउवासँगको भेटमा नेता सिंहले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको कुराकानीबारे जानकारी गराउनुभएको थियो ।