१४ भाद्र २०८३, आईतवार
,
Latest
भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको नेतृत्वका लागि हामी पनि तयार छौ: रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्वका लागि दावी गर्ने संकेत गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधिसभामा चौंथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरुसँग छलफल चलाइएको बताउनु भएको हो । बिहीबार प्रतिनिधिसभा सदस्य पदको सपथग्रहण गरेलगत्तै सभापति लामिछानेले सरकार बनाउने कुरा संविधानसम्मत ढंगले अघि बढने भएकाले आफूहरु सोही अनुसार अघि बढने पनि स्पष्ट पार्नु भयो ।

उहाँले संसद भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त कुराकानी गर्दै सरकार बनाउने कुरामा संसद अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफूहरु सचेत रहने बताउनु भयो । सभापति लामिछानेले भन्नु भयो, ‘अव आम नागरिकले मतदान दिएर विश्वास गरेर पठाईसकेपछि जनमतको कदर नगर्ने भन्ने कुरै भएन । हाम्रा नेतृत्वका सरकार बन्ने वातावरण बन्यो भने त्यसमा पनि छलफल नचलाएको होइन हामीले । त्यसो हुनाले अव कुन ढंगले त्यो छलफल अघि बढछ भन्न सक्ने अवस्था रहेन । हामीलाई प्राप्त जनमत सरकार बनाउन पुग्नै छैन । यद्यपि कसैलाई पनि बहुमत नआएको परिवेशमा चौंथो ठूलो दलको रुपमा हामीेले पनि नेतृत्व गर्न सक्छौं कि भन्ने विषयलाई हामीले एकदमै सामान्य छलफलको विषय बनाएका छौं । बाँकि हेर्दै जाउ । किनभने जनमत प्राप्त भएको ठूलो राजनीतिक दलले नै सरकार चलाउने हो । अव संवैधानिक व्यवस्था अनुसार नै अगाडि बढनुपर्ने हुन्छ । सरकार बनाउने कुरामा संसद अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा पनि हामी सचेत हुनुपर्छ ।’

सभापति लामिछानेले अदालतमा विचाराधिन अवस्थामा रहेकाले आफ्नो नागरिकतासम्बन्धि विवादका विषयमा भने बोल्न नमिल्ने प्रतिक्रिया दिनु भयो । अदालतको फैसला अनुसार नै आफूले प्रतिनिधिसभा सदस्यमा उठेको र सपथग्रहणसमेत गरेको स्मरण गराउँदै उहाँले नागरिकता विवादको विषयमा आफूलाई अदालतले न्याय दिने विश्वास समेत व्यक्त गर्नु भयो । अदालत र अनुसन्धानका लागि सम्बन्धित निकायले काम गरिरहेकाले यस बारेमा आफूले केही पनि बोल्न नचाहेको उहाँको स्पष्टिकरण थियो ।

सभापति लामिछानेले भन्नु भयो, ‘अव अनुसन्धानमा रहेको, अदालती प्रक्रियामा रहेको विषयमा त खास बोलिरहन पर्दैन । सबै कुराहरु अधिकार प्राप्त निकायले अनुसन्धान गरिरहेको हुनाले अधिकार प्राप्त निकयाले सोधेको खण्डमा म जहिले पनि उपलब्ध छु । उहाँहरुलाई उपलब्ध गराउनु पर्ला भनेर यो विषयबस्तुनै अनुसन्धान अथवा खोजवीनमा अदालतमा रहेको हुनाले यस्ता विषयमा अधिकार प्राप्त निकायले निष्पक्ष ढंगले छानवीन गर्ने न्याय दिनेछे भन्ने विषयमा म विश्वस्त छु ।’

सभापति लामिछानेले आफ्नो पार्टी राजनीतिक रुपमा पनि स्पष्ट रहेको जिकीर गर्नु भयो ।