२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनिस क्लव काथेरेन्यो एफसीसँग नेपालका दुई टिमले मैत्रीपूर्ण खेल खेल्ने



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल क्लव काथेरेन्यो एफसी मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ ।

बिहीवार लुम्बिनी गार्डेन फाउण्डेसनले पत्रकार सम्मेलन गर्दै यसको बारेमा जानकारी गराएको हो । काथेरेन्यो एफसीले नेपालमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ ।

काथेरेन्यो स्पेनको दोस्रो डिभिजनको लिग खेलिरहेको क्लव पनि हो । स्पेनिस क्लवले नेपाल भ्रमणका क्रममा पुस १३ गते पोखरा रंगशालामा गण्डकी–११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ । गण्डकी ११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले गर्नुहुनेछ । गण्डकी ११ को प्रशिक्षण राजेन्द्र तामाङले गर्नुहुनेछ ।

त्यस्तै पुस १४ गते काठमाडौंको दशरथ रंगशालामा काठमाडौं–११ सँग प्रतिष्पर्धा गर्नेछ । काठमाडौं ११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले गर्नुहुनेछ । काठमाडौं ११ को प्रशिक्षण मेघराज केसीले गर्नुहुनेछ ।

स्पेनीस क्लव काथेरेन्योसँग स्पेनका पूर्व राष्ट्रिय खेलाडीसहित ला लिगा फुटबल क्लव रियल मड्रिड, बार्सिलोना र एथलेटिको मड्रिड जस्ता ठूला क्लवमा खेलेका अनुभवी खेलाडीहरु रहेका छन् ।

नेपालमा फुटबलको विकास तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने लक्ष्यसहित मैत्रीपूर्ण खेलको आयोजना गरिएको आयोजकले जनाएको छ । काथेरेन्योले काठमाडौं र पोखरामा एक/एक मैत्रीपूर्ण खेल खेल्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा), कास्की जिल्ला फुटबलसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नारासहित आयोजनामा हुन लागेको मैत्रीपूर्ण खेल पुस १३ र १४ गते हुनेछ ।

नेपाल भ्रमण गर्ने स्पेनिस टोलीमा स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो ९मोनोलो० पनि हुनुहुन्छ । विश्वकप १९९० मा मोनोलो स्पेनिस टिमको मुख्य खेलाडी हुनुहुन्थ्यो ।