२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रोकर नियमावली संशोधनको अन्तिम तयारी



अ+ अ-

काठमाडौं । धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी नियमावली–२०६४ लाई संशोधन गर्दै नयाँ नीतिगत व्यवस्था गर्ने अन्तिम तयारीमा जुटेको छ ।

हालसम्म बजारमा ५० ओटा ब्रोकर कम्पनी सञ्चालन भइरहेकोमा संशोधित नियमावलीले तोकिएको सीमाभित्र रहेर आवेदन दिने सबैलाई ब्रोकर लाइसेन्स दिनेगरी तयारी अन्तिम चरणमा पुगेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए । उनका अनुसार अब नियमावलीले रू. १० करोडदेखि १ अर्बसम्मको चुक्ता पूँजी तोक्ने र पूँजी र अन्य मापदण्ड पूरा गर्ने सबैलाई लाइसेन्स दिइनेछ । यो समितिको प्रस्तावित चुक्ता पूँजी भएकाले अर्थ मन्त्रालयबाट पनि केही संशोधन हुनसक्ने उनको भनाइ छ । अहिलेको बजारमा यति चुक्ता पूँजी जरुरी भएको उनको तर्क छ ।

‘ब्रोकर लाइसेन्सको अनुमति बैंकको सहायक कम्पनी र अन्य ब्रोकरलाई पनि दिने गरी नियमावली बन्न लागेको हो,’ उनले अभियानसँग भने । यो व्यवस्था आएपछि यसअघिको बैंकलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भन्ने विवाद पनि टुंगिने भएको छ । ‘हाल भएका ब्रोकर कम्पनीहरूको पूँजी पनि कम छ । प्रविधिमा पनि चाहेजस्तो लगानी गर्न सकेका छैनन् । यसैले ठूलो पूँजी भएको र प्रविधिमा लगानी गर्न सक्ने क्षमता भएको ब्रोकर कम्पनी खोल्न जरुरी भएकाले चुक्ता पूँजीको सीमा बढाइएको हो,’ उनले स्पष्ट पारे । हाल सञ्चालनमा रहेका ब्रोकर कम्पनीहरूको चुक्ता पूँजी रू। २ करोड रहेको छ ।

बोर्डले नियमावली संशोधनका लागि ५ सदस्यीय समिति बनाएको छ । समितिको संयोजकमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाल रहेका छन् । सहसचिव दंगालको समितिलाई नियमावली संशोधनका लागि सेबोन सञ्चालक समितिले १ साताको समय दिएको थियो । ‘अब उक्त समितिले संशोधित विनियमावलीको मस्यौदा सञ्चालक समितिमा बुझाउनेछ । यसपछि हामीले अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाउनेछौं । नियमावली पास भएर आएपछि यसलाई कार्यान्वयनको चरणमा लैजान्छौं,’ उनले भने ।

धितोपत्र व्यवसायको नीतिगत व्यवस्थामा बोर्डको भूमिका हुने भएकाले लाइसेन्स दिने अधिकार भएको अध्यक्ष ढुंगाना दाबी गर्छन् । तर, ब्रोकर कम्पनीको लाइसेन्स सिफारिश यसअघि जस्तै नेपाल स्टक एक्सचेन्जमार्पmत हुनेछ । बजारमा नेप्सेको अधिकार बोर्डले लिएको भन्ने गलत हल्लाप्रति टिप्पणी गर्दै अध्यक्ष ढुंगाना यसको अधिकार बोर्डको भएको र यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मेवारीसमेत बोर्डको रहेको बताउँछन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।