१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय दलको निर्वाचनमा भोट हालेको तस्बिर सामाजिक सञ्जालमै पोस्ट गर्न थापाको चुनौति



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं संसदीय दलको नेताको उम्मेदवार गगन कुमार थापाले निर्वाचनमा सांसदहरुलाई मत दिएको प्रमाणका रुपमा फोटो खिचेर ल्याउन लगाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बुधबार बिहान मतदान सुरु हुनुअघि थापाले निर्वाचन समितिलाई मतदानस्थलमा मोबाइल निषेध गर्नुपर्ने बताएका थिए । तर सांसदहरुलाई मोबाइल नै लैजान रोक लगाउँदा उपयुक्त नहुने भन्दै समिति तयार भएन ।

मतदानका क्रममा कतिपय सांसदले आफूले दिएको मतको तस्बिर खिचेको पाइएको थापा बताउँछन् । ‘नखिच्नुस् भन्दाभन्दै १०/११ जनाले तस्बिर खिच्नुभयो । क–कसले खिच्नु भयो मलाई सबै थाहा छ, मेरो आग्रह खिचेका साथीहरुले आ–आफ्नो सामाजिक सन्जालमा नै पोष्ट गर्दिनुस् ।’

संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र थापाले उम्मेदवारी दिएका छन् ।