३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही

पर्यटकीय सम्भावनाको बागलुङको निसेलढोर अन्धकारमा

पर्यटकीय सम्भावनाको बागलुङको निसेलढोर अन्धकारमा
फाईल फोटो
अ+ अ-

ढोरपाटन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा टाढाको गाउँ हो निसेलढोर । यहाँका स्थानीयवासीको वेषभूषा, रीतिरिवाज र जीवनशैली विल्कुलै फरक छ । बागलुङकै सबैभन्दा दुर्गम मानिने यो ठाउँले पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ ।

नेपालकै एकमात्र ढोरपाटन सिकार आरक्ष पनि यही पर्छ । पुशपालन, कृषि, पर्यटन र जडीबुटीका उत्पादनका लागि निसेलढोर अगाडि रहे पनि विकासमा भने वर्षौँदेखि पछाडि परेको छ । यहाँका नागरिकले अहिलेसम्म पनि न्यूनतम विकासको अनुभूति गर्न पाएका छैनन् । केही समय अगाडि मोटरबाटोले निसेलढोर जोडिए पनि अहिलेसम्म विद्युत्, स्वास्थ्य र गुणस्तरीय शिक्षा पुग्न सकेको छैन ।

यहाँका अधिकांश स्थानीय टुकीकै भरमा रात बिताउँछन् । जिल्लाको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरबाट गाउँपालिकाको केन्द्रमा पुग्नै झण्डै एक दिन लाग्छ । गाउँपालिकादेखि सिधा सडक सञ्जालले नजोडिएको हुँदा यहाँ पुग्न ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार हुँदै जानु पर्छ ।

एक दशक पहिलेसम्म यहाँका स्थानीय जाडोयाममा बेँसी ९निसीगाउँ० र गर्मीयाममा लेक ९निसेलढोर० गर्ने गर्थे । अहिले सिजनअनुसार बसाइँसराइ गर्न छाडेर स्थायीरूपमै स्थानीय यहाँ बस्ने गर्छन् । यहाँ करिब ६० घरपरिवार स्थायीरूपमा बसोबास गर्ने गर्छन् । वर्षात्को समयमा करिब चार सय बढी परिवार यहाँ बस्ने स्थानीय वीरबहादुर विकले बताउनुभयो । उहाँका अनुसार यो सिजनमा पनि निसेलढोरमा २५ घरपरिवार बस्दै आएका छन् ।

चिसो बढेपछि अधिकांश मङ्सिर पहिलो साता नै निसीगाउँमा झरिसकेका छन् । उनीहरु अब असार लागेपछि मात्रै ढोर उक्लिने छन् । हिउँदमा बेँसी र बर्खामा लेकमा बस्नु निसीखोला–५ वासीको परम्पराजस्तै हो । उनीहरुले सयौँको सङ्ख्यामा पशुचौपाया पाल्ने हुँदा लेक–बेँसी गर्नुपरेको हो । अहिले चिसोले दैनिकी कष्टकर बन्दै गएको विकले बताउनुभयो ।

“अहिले बिहान र बेलुका बाहिर गएर काम गर्न सकिन्न, चिसो धेरै बढेको छ, बिजुली अहिलेसम्म आएको छैन, दाउरा, दियालो बालेर रात बिताउँछौँ, यो ठाउँमा बिजुली बलेको हेर्ने ठूलो धोको छ, तर आउलाजस्तो लाग्दैन”, विकले भन्नुभयो, “पहिले मोटरबाटो थिएन, अहिले गाडी नहिँडे पनि बाटो पुगेको छ ।”

निसेलढोरमा विद्युत् पु¥याउनका लागि सरोकारवाला निकायलाई बारम्बार आग्रह गरे पनि सुनुवाइ हुन नसकेको स्थानीयको गुनासो छ । विकले भन्नुभयो, “बेँसी झर्दा सरोकारवाला निकायलाई धेरैपटक भन्यौँ निसेलढोरमा बिजुली चाहियो भनेर तर वास्ता गरिएन, अन्धाकारमा छौँ हामीहरू, सरकारले हाम्रो समस्या नसुन्दा दुःख लाग्छ ।”

स्थानीय मनिराम घर्तीमगरले निसेलढोरमा आन्तरिक पर्यटक पुग्ने गरेको भन्दै विद्युत्को सुविधा नहुँदा बास नबसी फकर्ने गरेको बताउनुहुन्छ । उहाँले यस ठाउँ पर्यटकको रोजाइमा परेको सुनाउँदै विद्युत्को पहुँच पुगेको भए यहाँका नागरिकको जीवनस्तर फेरिन धेरै समय नलाग्ने बताउनुभयो ।

घर्ती मगरले भन्नुभयो, “निसेलढोर बागलुङकै सबैभन्दा सुन्दर ठाउँ हो, यहाँको मुख्य समस्या अहिले विद्युत्को छ, विद्युत् नहुँदा सयौँ स्थानीय अन्धकारमा बस्न बाध्य छन्, पर्यटकहरू आए पनि एकरात नबसी फर्कन्छन्, विद्युत् भएको भए उनीहरूलाई एक–दुई दिन यहाँ राख्न सकिन्थ्यो, त्यसबाट स्थानीयवासीले केही रकम आम्दानी गर्न सक्थे ।”

केही वर्ष अगाडि यहाँ मोटरबाटो पुगेपछि स्थानीयवासीलाई यहाँ उत्पादन भएका स्याउ, सिमी, भाँगो र अन्य उत्पादित वस्तु बजारसम्म पु¥याउन सहज भएको छ । विगतदेखि नै ओझेलमा पर्दै आएको यो ठाउँले अहिलेसम्म मुहार फेरिन नसकेको गुनासो पोख्नुभयो ।

“यहाँका स्थानीयवासीको अहिलेको आवश्यकता स्वास्थ्य र विद्युत् हो, विद्युत् नहुँदा रेडियो, लाइट र मोबाइल चार्ज गर्न कि उत्तरगङ्गा जानुपर्छ, कि निसीगाउँमै पुग्नुपर्छ”, उहाँले भन्नुभयो, “कोही बिरामी प¥यो भने त झन् बुर्तिबाङ पु¥याउनुपर्छ, यहाँबाट बुर्तिबाङ पुग्न एक दिन पूरै लाग्छ, भनेको बेला गाडी पाइँदैन, दुर्गममा छौँ, हाम्रो दुःख कसैले बुझ्न सकेको छैन ।”

निसेलढोर क्षेत्रमा कुँडे, मस, झुललगायतका आधा दर्जन बढी गाउँ पर्छन् । यी कुनै पनि गाउँमा विद्युत्को पहुँच छैन । निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले भौगोलिक हिसाबले दुर्गममा हुँदा विकासमा पछाडि परेको बताउनुभयो । उहाँले गाउँपालिकाले यहाँका स्थानीयवासीका समस्या समाधानका लागि दीर्घकालीन योजना बनाएको जानकारी दिनुभयो ।

अहिले यहाँ कक्षा ५ सम्म पढाइ हुने गरेको भन्दै विद्यालय भवन व्यवस्थित बनाउने र अहिलेसम्म स्वास्थ्य संस्था नभएको हुँदा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने गरी बजेट विनियोजन गरिएको छ । स्वास्थ्य एकाइ स्थापनाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको गौतमको भनाइ छ । विद्युत् विस्तारका लागि पनि गाउँपालिकाले सम्बन्धित निकायसँग माग गरेको उहाँले बताउनुभयो ।रासस