२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० बुँदे कार्यान्वयनको नेतृत्व लिन कार्यदललाई सांसदहरूको आग्रह



अ+ अ-

काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्यहरुले विघटित कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावलाई ढिला नगरी कार्यन्वयन गर्न माग गरेका छन् ।

आइतबार १० सदस्यीय विघटित कार्यदलका नेताहरूसँग छलफलमा जुटेका सांसदहरुले लिखित प्रस्ताव पारित गर्दै १० बुँदे कार्यन्वयनको नेतृत्व लिन आग्रह गरेका हुन् ।

छलफलमा केपी शर्मा ओली र माधव नेपाल दुवै समूहका सांसदहरूको सहभागिता रहेको थियो । 

पार्टी एकताको लागि पारित गरेको १० बुँदे प्रस्तावले एमालेका आन्तरिक समस्या समाधान गरि पार्टी एकता गर्न सकिन्छ भन्ने सांसदहरुको ठहर छ ।