१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साईप्रसको गैरआवासीय राजदूतमा कान्ता रिजाल नियुक्त



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि गैरआवासी नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम रिजाललाई गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।