२० असार २०८३, शनिबार
,
Latest
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा पेट्रोलियम पद्धार्थ बोकेको ट्याङ्कर पुलबाट खसेर दुर्घटना



अ+ अ-

काठमाडौं ।  मकवानपुरको कुन्छाल पुलबाट खसेर १२ हजार लिटर पेट्रोलियम पद्धार्थ बोकेको ट्यांकरको दुर्घटना भएको छ ।

अम्लेखगञ्जबाट सिस्नेरीका लागि छुटेको ना ७ ख ५२१८ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो । उक्त ट्याङ्करले बास्ताकोटी आयल स्टोर्स सिस्नेरीको लागि ९ हजार लिटर डिजेल र ३ हजार लिटर पेट्रोल बोकेको थियो ।

त्रिभुवन राजपथ हुँदै कुन्छाल–कुलेखानीको बाटोबाट सिस्नेरी जाँदै गरेको ट्याङ्कर थाहा नगरपालिका वडा नं. १ स्थित कुन्छाल पुलबाट खोल्सामा खसेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । सो दुर्घटनामा चालक र सहचालक सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ ।