२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरी तटस्थ बसे



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन् । आधिकारिकता विवाद समाधानका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनी सनाखतमा तटस्थ बसेका हुन् ।

उनले आफूले दुबै पक्षका अध्यक्षलाई श्रद्धा गर्ने र जसपा पार्टीमा आफू तटस्थ रहने बताए । 

 उनले निर्वाचन कार्यालयबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो ।’