२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकप: गोल्डेन बुटको दाबेदारमा एमबाप्पे र मेस्सी



अ+ अ-

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को फाइनल समीकरण पूरा भएको छ । गए राति मोरक्को र फ्रान्सबिच भएको सेमिफाइनलको खेल सम्पन्न भएसँगै फाइनलमा पुग्ने टोलीको टुंगो लागेको हो ।

कतार विश्वकपको उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । फ्रान्सले वुधवार सम्पन्न दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फाइनलमा अर्जेन्टिनासँगको भिडन्त पक्का गरेको हो ।

आफ्नो टोलीको उत्कृष्ट प्रदर्शनसँगै दर्शकहरुले फिफा विश्वकपमा प्रदान गरिने अवार्डमाथि पनि चासो राख्दछन् । यी मध्ये एक हो ‘गोल्डेन बुट’ । यो अर्वाड विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई दिइन्छ ।

अन्तिम पटक २०१८ मा रसियामा भएको विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनलाई गोल्डेन बुट दिइएको थियो । उनले ६ गोल गरेका थिए ।

यस विश्वकपमा अहिलेसम्म गोल्डेन बुटका दाबेदारमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे रहेका छन् । मेस्सी र एमबाप्पेले समान ५ गोल गरिसकेका छन् ।

यस्तै, ओलिभर जेरुड र जुलियन अल्भारेज पनि दाबेदारको सूचीमा रहेका छन् । उनीहरु दुबैले समान ४ गोल गरेका छन् ।

कोडी गाक्पो, मार्कुस राषफोर्ड, अल्भारो मोराटा, इनर भ्यालेन्सिया, बुकायो साक, रिचार्लिसन, गोन्कालो रामोस पनि ३र३ गोलसहित दाबेदारमा रहेका छन् ।